
काठमाडौं ।
दूरसञ्चार सेवाको बिस्तार, खरिद र व्यवस्थापनमा पारदर्शिता अपनाउनुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुझाब दिएको छ।
आयोगले एकतीसौं वार्षिक प्रतिवेदन राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्दै सरकारलाई भ्रष्ट्राचार नियन्त्रणको लागि सो सुझाब दिएको हो ।
आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन एक कार्यक्रमका बिच पेश गरेका थिए।
सो प्रतिवेदनमा सरकारलाई दिईएका सुझाबहरुमध्ये सञ्चार तथा सूचना प्रविधि क्षेत्रतर्फ दूरसञ्चार सेवाको बिस्तार, प्रविधि खरिद र व्यवस्थापनमा पारदर्शिता,स्वच्छता र प्रतिस्पर्धा कायम गर्न भनेको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।
त्यसैगरी सूचना प्रविधिको पहुँच सुनिश्चित गर्नेगरी सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधि र सञ्चार सेवाको सदुपयोग बढाउनुपर्ने सुझाब दिएको छ ।
त्यसैगरी सरकारी अभिलेख व्यवस्थापन प्रणालीमा सुधार गर्ने, निकासी पैठारीलाई पारदर्शि बनाउन सूचना प्रविधिमैत्री बनाउन भनिएको छ ।
सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय शासनको अधिकतम अभ्यास गरी शुसासन प्रबद्र्धन गर्ने, भू-सूचना प्रणालीको प्रयोग बढाउने, क्यासिनोमा हुने राजस्व छली रोक्न निगरानी प्रणाली र प्रविधिको विकास गरी कार्यान्वयनमा ल्याउने लगायतका अन्य सुझाबहरु दिएको जारी प्रेस विज्ञप्तीमा जनाएको छ।
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार