लाइसेन्सको अनलाईन आवेदन लिने कार्य कार्यालय समयमा बन्द

  • Technology Khabar | २९ कार्तिक २०७८, सोमबार
लाइसेन्सको अनलाईन आवेदन लिने कार्य कार्यालय समयमा बन्द

काठमाडौं ।

यातायात व्यवस्था विभागले कार्यालय समयमा सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन लिने कार्य बन्द गरेको छ।

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा अत्यधिक चाप हुँदा यातायात व्यवस्था कार्यालयहरूबाट हुने दैनिक कार्यमा असर परेको भन्दै कार्यालय समयमा अनलाइन आवेदन लिन बन्द गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुषालले जानकारी जानकारी दिए।

यस बारेमा विभागले सोमबार एक सूचना जारी गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अनलाइन आवेदन बन्द हुने जनाएको छ।

‘सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा अधिक चाप भइ यातायात व्यवस्था कार्यालयहरुबाट हने दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमासमेत असर परेकोले सेवाग्राहीको हितलाई ध्यानमा राखी सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म बन्द रहने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित: २९ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार