
काठमाडौं ।
ओपो, अरेन्ज, डोएट्चे टेलिकोम र सेन्ट–गोबेनले शांघाईमा आयोजित चौथौ सीएसआरटेक ईन्नोभेशन समिटको सह आयोजन गरेको छ। दिगो विकासका लागि यूएन (संयुक्त राष्ट्र) २०३० एजेन्डाको रुपरेखा अनुरुप शिखर सम्मेलनको उद्देश्य द्रूत गतिमा परिवर्तित भएरहेको विश्व वातावरणीय र सामाजित चुनौतीहरुका लागि नवप्रबर्तनात्मक समाधानहरुको पहिचान गर्नु थियो।
ब्राण्डको मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ संग पंक्तिबद्ध, ओपोले उपकरणको डिजाइन, उत्पादन र सञ्चालनमा दिगोपन बारे आफ्नो बुझाई तथा अनुभव प्रस्तुत गर्दै उद्यमीहरुलाई प्राविधिक नवप्रबर्तन मार्फत दिगो विकासका लागि योगदान दिन नयाँ तरिकाहरुको खोजी गर्न अनुरोध गरेको थियो ।
यस बर्षको सीएसआर ईन्नोभेशन समिट ग्रहको रक्षा, दिगो ब्यापार र मानव कल्याणको महत्व गरी विशेषतः तीन ओटा लक्ष्य प्राप्तिका लागि नवप्रबर्तनात्मक समाधान खोज्ने तिर केन्द्रित रह्यो । मञ्चले स्टार्टअप्सलाई स्थापित औद्योगिक खेलाडी तथा लगानीकर्ताहरुसंग अन्तरक्रिया गर्दै यी उद्देश्य प्राप्तिका आफ्ना नयाँ उत्पादन, सेवा र प्रविधि प्रस्तुत गर्र्ने अवसर प्रदान गरेको थियो । सम्मलेनका क्रममा ओपोले हरित उत्पादन डिजाइनका बारेमा आफ्ना अनुभव प्रस्तुत गरेको थियो ।
प्रस्तुति अन्तर्गत कार्वन फुट प्रिन्ट्स घटाउन र प्लास्टिक फोहर न्यूनिकरण गर्न सक्षम डिजाइनहरुका साथै हलुका प्याकेजिंग डिजाइनहरु सम्मिलित थिए । ओपोले सर्कुलर इकोनोमीलाई समर्थन गर्ने र फोहर न्यूनिकरण गर्ने माध्यमका रुपमा आफ्नो ट्रेड–इन सेवापनि प्रस्तुत गरेको थियो ।
सम्मेलनको प्रारम्भिक रुपमा बेइजिङ्ग, सांघाई र शंचनमा गरी सीएसआरटेक ईन्नोभेशन र उद्यमशीलता कार्यशालाहरुको आयोजना गरिएको थियो । शंचनमा आयोजित कार्यशालामा ओपोले युनाइटेड नेशन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी) चाइना अफिसका युथ प्रोग्राम अफिसरलाई नवप्रबर्तन र उद्यमशीलताका विषयमा किनोट प्रस्तुतिका लागि र साथै, सुन्ने र बोल्ने समस्या भएका मानिसहरुका लागि सहयोगी डिजाइनमा केन्द्रित टेक स्टार्ट–अप, भोइबुक टेक्नोलोजीलाई सिटी भोइस म्यासेन्जर प्रोजेक्टमा ओपोसँग तिनको सहकार्यका बारेमा बोल्न आमन्त्रित गरेको थियो ।
समिटका लागि विश्वभरका स्टार्ट–अप्सबाट बृहत्त संख्यामा आवेदनहरु प्राप्त भएका थिए ती मध्यबाट पिच प्रक्रियाका लागि उत्कृष्ट १२लाई मात्र आमन्त्रित गरिएको थियो । ती १२ स्टार्ट–अप्स मध्य भोइबुक टेक्नोलोजी र एसएटीओआर टेकलाई तिनका विचारका लागि उत्कृष्ट स्टार्ट–अपका रुपमा सम्मानित गरिएको थियो।
भोइबुक टेक्नोलोजी, सुन्न र बोल्ने समस्या भएका समुहको सञ्चार अवस्थामा सुधारका लागि एआई प्रविधिको प्रयोगमा समर्पित नवप्रबर्तनात्मक सामाजिक उद्यम हो। एसएटीओआर टेक, उर्जा, घर जग्गा र अटोमोबाइल उद्योग अन्तर्गतका कम्पनीहरुका लागि स्व–विकासित एआई र स्वायत्त ड्राइभिंग प्रविधिहरुमा आधारित समग्र समाधान उपलब्ध गराउने उद्देश्य बोकेको स्टार्ट–अप हो।
औद्योगिक सहकार्य मार्फत दिगोपनको प्रबर्द्धन
दिगो विकासलाई अघि बढाउन ओपोले अरेन्ज, डोएट्चे टेलिकोम लगायत औद्योगिक पार्टनर्सहरुसंग सहकार्य गरेको लामो इतिहास छ । सन् २०२१को मे महिनामा युरोपका अग्रणी मोबाइल अपरेटर्सद्वारा जीवन चक्र र गोलाका अर्थतन्त्रको बस्तुगत मुल्यांकनका आधारमा मोबाइल फोनको वातावरणीय कार्यसम्पादन मुल्यांकनका लागि स्थापित ईको रेटिंग ईनिसिएटिभमा सम्मिलित हुने पहिलो मध्यको कम्पनी बनेको थियो । हालको मिति सम्म ओपोलाई आफ्ना मोबाइल फोन्सको टिकाउपना, पुनःउपयोगिता, पुनःमर्मत, जलवायु दक्षता र स्रोत दक्षता लगायत पहलका आधारमा सर्वाधिक दिगो ब्राण्ड मध्येको सुचीमा राखिएको छ।
‘सामाजिक विकासका लागि एक प्रमुख शक्तिका रुपमा, प्राविधिक कम्पनीहरु माथि ब्यवसायिक लाभका लागि विज्ञान र प्रविधिका आविस्कारहरु उपलब्ध गराउनु मात्र नभई विश्वब्यापी चुनौती तथा मुद्दाहरुको सम्बोधन गर्ने जिम्मेवारी पनि पर्दछ’ ओपोको ओभरसिज सेल्सका उपाध्यक्ष स्कट चेंगले भने, ‘ओपोले हाम्रो ब्राण्ड मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ संग पंक्तिबद्ध हुँदै उत्पादन, सञ्चालन र उपकरण डिजाइनका माध्यमबाट दिगो विकासका लागि योगदान प्रदान गर्न विन्भिन्न कार्यहरु गरिरहेको छ।’
ओपोको ओभरसिज सेल्सका उपाध्यक्ष स्कट चेंगले ओपनिंग स्पिच दिँदै कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत ओपोले गरिरहेका कार्य माथि प्रकाश पारेका थिए।
भविस्यमा पनि ओपोले विभिन्न सरोकारवालाहरुका साथमा प्राविधिक नवप्रबर्तन, आफ्ना सामाजिक उत्तरदायित्व पूरा गर्न सबैका लागि खुल्ला, पारस्पर र दिगो भविस्य निर्माणका पहलहरुलाई निरन्तरता दिइरहने प्रतिबद्धता जाहेर गरेको छ।
प्रकाशित: २९ कार्तिक २०७८, सोमबार