
काठमाडौं ।
कृषि विकास बैंकले आफ्ना सबै कार्ड सेवाहरु भोली मंगलबार कात्तिक ३० गतेदेखि २४ घण्टासम्मका लागि बन्द हुने जानकारी दिएको छ। बैंकले सो अवधिभर एटिएम, भिसा डेविट कार्ड र भिसा क्रेडिट कार्ड सेवाहरु कात्तिक ३० गते बिहान १० बजेदेखि २४ घण्टासम्मको लागि बन्द हुने बताएको हो।
बैंकको सञ्चालनमा रहेका डेबिट कार्डहरू र नयाँ खरिद गरी प्राप्त कन्ट्याक्टलेस फिचर्स सहितका कार्डहरू गरी दुबै कार्डहरू सुचारू गर्न हिमालयन बैंकको एफआईएस आईएसटिबाट एसटुएममा माईग्रेसन गर्ने कार्यका लागी सबै सेवाहरु बन्द गरिने बैंकले जनाएको छ।
बैंकका अनुसार कात्तिक ३० गते मंगलबार बिहान १०ः०० बजेदेखि २०७८ मंसिर १ गते बुधबार बिहान १०ः०० बजेसम्म पुरै १ दिनका लागि बैंकको एटिएम, भिसा डेबिट कार्ड, भिसा क्रेडिट कार्डवाट हुने सेवाहरू बन्द हुने छन्।
बैंकको सूचनामा भनिएको छ “यस बैंकको सञ्चालनमा रहेका डेबिट कार्डहरू र नयाँ खरिद गरी प्राप्त Contactless Features सहितका कार्डहरू गरी दुबै कार्डहरू सुचारू गर्न हिमालयन बैंकको FIS IST बाट S2M मा Migration गर्ने कार्यका लागी मिति २०७८ कार्तिक ३० गते मंगलबार बिहान १०:०० बजेदेखि २०७८ मंसिर १ गते बुधबार बिहान १०:०० बजेसम्म जम्मा १ दिनका लागि यस बैंकको ATM, Visa Debit Card, Visa Credit Card बाट हुने सेवाहरू बन्द हुने भएको हुँदा यसबाट ग्राहक महानुभावहरूमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौं ।”
प्रकाशित: २९ कार्तिक २०७८, सोमबार