दैलेखको मालिका मावि बन्यो प्रविधि मैत्री

  • Technology Khabar | २९ कार्तिक २०७८, सोमबार
दैलेखको मालिका मावि बन्यो प्रविधि मैत्री
सांकेतिक तस्विर

काठमाडौं ।

दैलेखको ठाँटीकाँध गाउँपालिकास्थित मालिका मावि प्रविधि मैत्री बनेको छ । विद्यालयमा कम्युटर प्रयोगशाला सञ्चालनमा आएसँगै प्रविधिमैत्री बनेको हो।

अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक महेन्द्र बहादुर शाहीले जानकारी दिए।

एन‍सेल नेपालको करिब ८० लाख लागत सहयोगमा विद्यालयमा पहिलो पटक प्रयोगशाला स्थापना भई सञ्चालनमा आएको हो।

ल्याबको लागि आवश्यक फर्निचर, कम्प्युटर शिक्षक र रुम वेइरिङ विद्यालयले आफैं गरेको हो।

जसमा ४.५ किलोवाटको सोलार सिस्टम, २४ वटा कम्प्युटर, ४ ओटा सिसिटिभी, एउटा फोटोकपी मेसिन लगाएतका विद्युतीय उपकरणहरु जडान भएका छन्।

प्रयोगशालाबाट विद्यालयमा अध्ययनरत ४७० जना विद्यार्थी लाभान्वित हुने विश्वास विद्यालयको छ।

प्राविधिक शिक्षाको आधारभूत मानवीय पूर्वाधार सञ्चालनमा आएको बताउँदै प्रधानाध्यापक शाहीले नविनतम प्रबिधिको प्रयोगमार्फत समयानुकूल हुन र दक्षता अधिवृद्धि गर्न सहयोग पुग्ने उनले बताए।

कक्षा ६–८ सम्म कम्प्युटर शिक्षा विषय पठनपाठन हुनेमा सैद्धान्तिक मात्र हुनेगरेकोमा अब प्रयोगात्मक कक्षा प्रभावकारी ढङ्गले सन्चालन गर्न सकिने प्रधानाध्यापक शाहीले बताए।

‘कम्प्युटर जडानसँगै विद्यालयका दस्तावेजहरुलाई डिजिटल अभिलेखिकरण गर्न सहयोगका साथै विद्यालयका दैनिक प्रशासनिक गतिबिधी कामहरु सहज हुने भएको छ,’ प्रअ शाहीले भने।

दैलेखको विकट क्षेत्रका रुपमा रहेको मालिका माविमा प्रविधिमार्फत जोडिएसँगै विद्यार्थीहरुले भर्नादर र उत्तिर्ण दर बढ्ने विद्यालयको विश्वास छ।

प्रकाशित: २९ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २९ कार्तिक २०७८, सोमबार