
काठमाडौं ।
हालैको जानकारीको आधारमा, ओपो ट्याब्लेटको दौडमा प्रवेश गर्न खोजिरहेको पछिल्लो एन्ड्रोइड निर्माता हो। अनुमानित रूपमा ओपो प्याड नाम दिइएको डिभाइसमा १२० हर्ट्ज रिफ्रेस रेट र स्न्यापड्रागन ८७० चिपसेट भएको ११ इन्चको फूलएचडी प्लस डिस्प्ले रहेको बताइएको छ।
टिपस्टार डिजिटल च्याट स्टेशनले अब केहि थप विवरणहरूको साथ ओपो ट्याब्लेटको बारेमा जानकारीहरु बाहिर ल्याएको छ।
ओपोको नयाँ स्लेटले स्पष्ट रूपमा १२० हर्ज रिफ्रेस रेटका साथमा एलसिडी डिस्प्ले प्रयोग गर्नेछ । त्यसैगरी क्यामरातर्फ १३ मेगापिक्सेलको मुख्य शूटर तथा ८ मेगापिक्सेलको सेकेन्डरी क्यामेराको साथ पछाडि वरिपरि दोहोरो क्यामेराहरू हुने छ भने फ्रन्ट-फेसिङ शूटरको बारेमा कुनै जानकारी आएको छैन्।
यद्यपि अझ चाखलाग्दो कुरा ट्याब्लेटको चर्चा मूल्य निर्धारणसँग सम्बन्धित छ जुन चीनमा २ हजार युआन वा लगभग ३१३ अमेरिकी डलरमा लन्च हुने अपेक्षा गरिएको छ।
बाँकी लीक स्पेस शीटमा ६जीबी र्याम र २५६ जीबी स्टोरेज हुनेछ भने यो एन्ड्रोइड ११ मा आधारित कलर ओएसका साथमा संचालन हुनेछ ।
पावर ब्याकअपका लागि ओपो प्याडमा ८,०८० एमएएच ब्याट्री समावेश हुने बताईएको छ।
यो ट्याब कहिले सार्वजनिक हुन्छ भन्ने कुनै आधिकारीक जानकारी आएको छैन्।
प्रकाशित: २९ कार्तिक २०७८, सोमबार