सीसीटीभीको निगरानीमा जुवातास खेलाउने पक्राउ

  • Technology Khabar | २८ कार्तिक २०७८, आईतवार
सीसीटीभीको निगरानीमा जुवातास खेलाउने पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं ।

प्रहरी आउने स्थानमा सीसीटीभी जोडेर तास खेलाउनेसहित ६ जनालाई कास्की प्रहरीले १८ लाख ७५ हजार नगदसहित पक्राउ गरेको छ।

शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा –१२ स्थित नवीन गौचनको घरमा तास खेलिरहेका ६ जनालाई ठुलो रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकोछ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १८ लाख ७५ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका –३ घर भइ हाल पोखरा चिसापानी बस्ने नवीन गौचन, पोखरा फूलबारीका काजी गुरुङ,माटेपानीका सुर्य गुरुङ, दैलेख नौमुले–८ घर भइ पोखरा विजयपुर बस्ने खम्ब सिंह राना, मोदी गाउँपालिका घरभइ पोखरा संगम टोल बस्ने खेमराज गुरुङ र पोखरा दीपका श्याम श्रेष्ठ रहेका छन्।

उनीहरुमध्ये गौचनले पोखरा महानगरपालिका १२ चापापानी को एक घर भाडामा लिई जुवातास खेलाउन र प्रहरीबाट बच्न सीसीटीभी जडान गरेका थिए । जुवाखालबाटै उक्त सीसीटीभीबाट गेटमा प्रहरी आएको थाहा पाउन सकिन्थ्यो । जुवाखालमा नै क्यामराको दृश्य हेर्न टीभी जडान गरिएको थियो ।

उक्त स्थानमा जुवा खेल्नकै लागि सिसिटिभी जडान गरी संगठित रूपमा जुवा खेल्ने खेलाउने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिएका छन्।

प्रकाशित: २८ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार