अमेरिकी राज्यहरुको समूहद्वारा गुगलमाथि संशोधित उजुरी दर्ता

  • Technology Khabar | २८ कार्तिक २०७८, आईतवार
अमेरिकी राज्यहरुको समूहद्वारा गुगलमाथि संशोधित उजुरी दर्ता

काठमाडौं ।

टेक्ससले नेतृत्व गरेको अमेरिकी राज्यहरुको एउटा समूहले अल्फाबेट इंकको गुगलमाथि संशोधित उजुरी दर्ता गरेको छ।

उक्त उजुरीमा गुगलमाथि आफ्नो वर्चस्व रहेको विज्ञापन व्यवसायलाई अझ सुदृढ गर्न प्रतिस्पर्धाविरोधी कानूनको उल्लङ्घन गर्दै जबर्जस्ती लाद्ने तरिका अपनाएको आरोप लगाइएको छ।

संशोधित आरोपहरुमा हालैका नियामक प्रावधानहरुलाई बेवास्ता गरेको कुराहरु समावेश छन्। कम्पनीमाथि योबाहेक एकलाैटी व्यवहारसम्बन्धी न्याय विभागलगायतका थुप्रै उजुरीहरु परेका छन्।

यसै हप्ताको शुरुवातमा गुगलले २ अर्ब ८० करोड डलर बराबरको यूरोपियन यूनियनको प्रतिस्पर्धाविरोधी मुद्दा हारेको थियो।

न्यूयोर्कको संघीय अदालतमा गत शुक्रबार दर्ता गरिएको उक्त संशोधित अमेरिकी मुद्दामा गुगलमाथि विज्ञापनकर्तामाथि अनलाइन विज्ञापनका क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्दै प्रतिस्पर्धा हटाउनका लागि एकलाैटी र बाध्यात्मक व्यवहार लादेको उल्लेख छ।

उक्त मुद्दाले सन् २०१३ मा गुगलले आफ्नो विज्ञापन व्यवसायलाई बढावा दिन यूजरहरुको तथ्याङ्क बेच्ने प्रोजेक्ट बर्नान्के नामको गोप्य कार्यक्रम पनि चलाएकोमा जोड दिएको छ।

यस सम्बन्धमा अल्फाबेट वा टेक्ससको महान्यायाधिवक्ताको कार्यालयले कुनै टिप्पणी गरेका छैनन्।

प्रकाशित: २८ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार