प्रविधिमैत्री एमाले महाधिवेशन

  • Technology Khabar | २८ कार्तिक २०७८, आईतवार
प्रविधिमैत्री एमाले महाधिवेशन

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि यस पटक सहयोग रसिद छापिएन्। पोस्टर, पम्प्लेट, ब्यानर बनाइएन । भित्ते लेखनसमेत गरिने छैन्।

यद्यपि देशभरका राजमार्ग र ग्रामीण सडकमा स्वागत द्वार निर्माण गरिने छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार महाधिवेशनलाई वातावरणमैत्री बनाउने योजनाबमोजिम डिजिटल प्रचारमा जोड दिइएको छ।

एमालेले महाधिवेशनका लागि आफ्ना आठ लाख सदस्य, शुभचिन्तक, समर्थकबाट एक सय वा सोभन्दा माथिको स्वेच्छिक सहयोग संकलन गर्दैछ । त्यसका लागि मोबाइल वालेटको सहयोग लिइने भएको छ ।

महाधिवेशनका लागि सहयोग गर्न चाहनेले क्यूआर कोड स्क्यान गरेपछि खुल्ने नेकपा (एमाले)को खातामा ब्यालेन्स ट्रान्सफर गर्न सकिनेछ । क्यूआर कोड सार्वजनिक भएको दुई घण्टामा नै करिब दुई लाख रुपियाँ खातामा जम्मा भएको जनाइएको छ ।

महाधिवेशन प्रचारका लागि डिजिटल बोर्ड, सामाजिक सञ्जाल, वेबसाइट, एसएमएस, रेडियो जिङ्गल र युट्यवब, टिकटकजस्ता सामाजिक सञ्जालको प्रयोग गरिने छ ।

कार्यालय सचिव तामाङले भने, ‘प्रविधिको प्रयोग सस्तो, छिटो छरितो र वातावरणमैत्री पनि छ । यो प्रभावकारी पनि छ ।’

महाधिवेशनका लागि छनोट भएका प्रतिनिधिले महाधिवेशनस्थलमा पुगेर परिचयपत्र बनाउनुपर्ने झन्झटबाट समेत यस पटक मुक्ति पाउँदैछन् ।महाधिवेशनका लागि शनिबार देशभर नै प्रतिनिधि छनोटको कार्य सम्पन्न भएको छ।गोरखापत्र

प्रकाशित: २८ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार