भियतनाममा आधारित इभी निर्माता भीनफास्टले अमेरिकामा २० करोड डलर लगानी गर्ने

  • Technology Khabar | २७ कार्तिक २०७८, शनिबार
भियतनाममा आधारित इभी निर्माता भीनफास्टले अमेरिकामा २० करोड डलर लगानी गर्ने

काठमाडौं ।

भियतनाममा आधारित इलेक्ट्रिक भेहिकल निर्माता भीनफास्टले १,००० रोजगारीका अवसरहरू सिर्जना गर्न सक्नेगरी क्यालिफोर्नियामा अमेरिकी मुख्यालय स्थापनासहित उत्तर अमेरिकामा व्यापार विस्तार गर्न २० करोड डलर भन्दा बढीको लगानी परियोजना घोषणा गरेको छ।

क्यालिफोर्नियाले फर्मलाई प्रोत्साहनको रूपमा २ करोड ५ लाख क्रेडिट ऋण प्रदान गरेको छ। क्यालिफोर्निया गभर्नरको अफिस अफ बिजनेस एण्ड इकोनोमिक डेभलपमेन्टलाई उदृत गर्दै भियतनाम एक्सप्रेसले जनाएको छ।

सो ऋण कर प्राथमिकता कार्यक्रमको हिस्सा हो जुन १५ करोड डलरसम्म हुनसक्छ।

गो-बिजका वरिष्ठ निर्देशक डी डी मायर्सका अनुसार कर प्राथमिकता कार्यक्रम, क्यालकम्पिट (CalCompetes) ले पाँच वर्षको अवधिमा १.२ अर्ब डलर भन्दा बढी नयाँ लगानी आकर्षित गर्नेछ र यी कम्पनीहरूले क्यालिफोर्नियामा हजारौं नयाँ रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।

भीनफास्टले अर्को वर्ष अमेरिकामा ब्याट्रीमा आधारित एसयूभी बेच्ने र सम्भावित रूपमा उत्पादन गर्ने योजना बनाएकोले, कर प्रोत्साहनहरूका कारण उनीहरूले क्यालिफोर्निया छनौट सुनिश्चित गर्नु हो।

कर अनुदानका लागि योग्य अन्य कम्पनीहरूमा सोलार चार्जिङ स्टेशन निर्माता इन्फिनिटी इनर्जी र ब्याट्री निर्माता एनरभेन्युसमेत समावेश छन्।

भीनफास्टले अर्को वर्ष अमेरिकामा दुईवटा ब्याट्रीमा आधारित एसयूभी मोडलहरू लन्च गर्ने र ६० ओटा कार डिस्प्ले केन्द्रहरू खोल्ने योजना बनाएको छ।

प्रकाशित: २७ कार्तिक २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार