डाटा रिकभरी ड्रिल गर्न राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण सेवाहरु शनिवार बिहान अवरुद्ध हुने

  • Technology Khabar | २६ कार्तिक २०७८, शुक्रबार
डाटा रिकभरी ड्रिल गर्न राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण सेवाहरु शनिवार बिहान अवरुद्ध हुने

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका सम्पूर्ण सेवाहरु शनिवार बिहान अवरुद्ध हुने भएको छ। राबा बैंकले “डाटा रिकभरी ड्रिल” गर्ने प्रायोजनका लागि शनिवार बिहान तोकिएको समयभर आफ्ना सम्पूर्ण सेवाहरु अवरुद्ध हुने जानकारी दिएको हो।

कम्पनीले एक सूचना प्रकाशित गर्दै सिबिएस लगायतका क्रिटिकल सर्भरहरुको डाटा रिकभरी ड्रिल गर्ने प्रायोजनका लागि शनिवार बिहान ८ बजेदेखि साढे ८ बजेसम्मका लागि सबै सेवाहरु अवरुद्ध हुने जनाएको हो ।

जसमा बैंकका कार्ड एटिएम, मोबाइल बैंकिङ्ग, क्यूआर पेमेन्टलगायतका सम्पूर्ण सेवाहरु ठप्प हुने बताईएको छ।

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार