सिंगल्स डे मा शाओमीले बेच्यो सबैभन्दा बढी डिभाइस

  • Technology Khabar | २६ कार्तिक २०७८, शुक्रबार
सिंगल्स डे मा शाओमीले बेच्यो सबैभन्दा बढी डिभाइस

काठमाडौं ।

चीनमा चलिरहेको अलिबाबाको सिंगल्स डे इभेन्टमा सबैभन्दा बढी डिभाइस बिक्री गर्ने कम्पनीमा शाओमी परेको छ।

नोभेम्बर ११ मा पर्ने यो शपिङ इभेन्टमा सबैभन्दा बढी शाओमी तथा तुयसपछि एप्पलले आफ्ना स्मार्टफोनलगायतका डिभाइसहरु बिक्री गरेको चिनियाँ अनलाइन रिटेलर जेडी डटकमले जनाएको छ।

यो सूचीमा चिनियाँ ब्रान्ड अनर तेस्रो नम्बरमा परेको छ।

डिभाइसका हिसाबले सबैभन्दा बढी बिक्री हुनेमा रेडमी के४० को भ्यानिला भेरियन्ट, आईफोन १३ तथा रेडमी ९ए परेका छन्।

सबैभन्दा धेरै बिक्री भएका २० डिभाइसहरुको सूचीमा आफ्नो प्रदर्शन र विविधताका कारण शाओमीका ९ ओटा डिभाइसहरु परेका छन् जसमा रेडमी र एमआईका सबैखाले मूल्यका सेटहरु रहेका छन्।

तर चाखलाग्दो कुरा के छ भने शाओमीका एमआईभन्दा रेडमीका डिभाइस बिक्री भए भने रियलमीका सेटहरु ओपोभन्दा बढी, आईकूका भिभोभन्दा बढी डिभाइस बिक्री भएको तथ्याङ्क छ। यसैक्रममा अनरले आफ्नो पूर्व कम्पनी ह्वावेलाई उछिनेको छ।

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार