अलिबाबाको वार्षिक इभेन्ट सिंगल्स डे मा बिक्री दर हालसमम्मकै सुस्त

  • Technology Khabar | २६ कार्तिक २०७८, शुक्रबार
अलिबाबाको वार्षिक इभेन्ट सिंगल्स डे मा बिक्री दर हालसमम्मकै सुस्त

काठमाडौं ।

चिनियाँ ई-कमर्स जायन्ट अलिबाबाको वार्षिक इभेन्ट सिंगल्स डे मा बिक्रीको वृद्धिदर हालसम्मकै सबैभन्दा मन्द देखिएको छ।

चिनियाँ नियामकले व्यवसाय तथा प्रविधि क्षेत्रमाथि कडाइ गरेका कारण यसपाला यस्तो प्रवृत्ति देखिएको आकलन गरिएको छ।

११ दिनसम्म चल्ने बिक्री मेलाको शुरुवात सन् २००९ मा पहिलोपटक आयोजना भएयताकै सबैभन्दा मन्द दरमा भएको थियो। तर उपभोक्ताले भने अझै पनि कीर्तिमानी ८४.५ डलर खर्च गरेका छन्।

यो वर्ष अलिबाबाको ११.११ ग्लोबल शपिङ फेस्टिभलका नामले चिनिने सिंगल्स डे ले वार्षिक रुपमा दुई अंकको वृद्धि हासिल गर्ने लक्ष्य पूरा गर्न सकेन।

‘बजार १२ प्रतिशतका दरले बढ्ने अपेक्षा गरिएकोले हालको आँकडा हेर्दा सम्भवत: यो त्यति सन्तुष्टिजनक होइन’, चीनको टेक बज चाइना वेबसाइटका रुइ मा ले बीबीसीलाई बताइन्।

‘उनीहरुको बिदाको दिनको अत्यधिक बिक्री भइसकेको छ। ठूलो मात्रामा बिक्री भइसकेकाले अब यो बिक्रीको दर उकालो लाग्न मुश्किल छ’, उनले थपिन्।

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार