गण्डकी प्रदेशमा डिजिटल वित्तीय साक्षरता बढाउनु पर्ने चुनौती

  • Technology Khabar | २६ कार्तिक २०७८, शुक्रबार
गण्डकी प्रदेशमा डिजिटल वित्तीय साक्षरता बढाउनु पर्ने चुनौती

काठमाडौं ।

गण्डकी प्रदेशमा उद्याोगी व्यवसायहरुलाई आफ्ना उद्योग स्थापना गर्ने प्रकृयागत कार्यमा सूचना प्रविधिको उपयोग नहुँदा समस्या भोगिरहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार सो प्रदेशमा उद्योग स्थापना गर्दा, नवीकरण गर्दा, कर/दस्तुर आदि बुझाउँंदा प्रक्रियागत जटिलताहरु रहेका छन् । त्यसैगरी समय तथा लागत कम गर्न एकल बिन्दु सेवाको कार्यान्वयन एवम् सूचना प्रविधिको उपयोगलाई अधिकतम् प्रबर्द्धन गर्नुपर्ने चुनौती रहेको देखिएको हो ।

यसैगरी वित्तीय साक्षरताको कमीका कारण वित्तीय सेवाको माग पक्ष कमजोर रहेको र विद्युतीय कारोवारको दायरासमेत अपेक्षित रुपमा विस्तार हुन नसकेको अवस्थामा वित्तीय साक्षरता एवम् विद्युतीय वित्तीय साक्षरता (Digital Financial Literacy) बढाउनु पर्ने चुनौती रहेको प्रतिवेदनमा उल्लेख छ।

तथ्यांकअनुसार २०७८ असार मसान्तमा सो प्रदेशमा इन्टरनेट र मोबाइल बैंकिङ दर्ता गर्नेको संख्या क्रमशः ७० हजार ५४७ र १६ लाख ४४ हजार ३५४ पुगेको छ ।

यसका साथै इन्टरनेट र मोवाइल बैंकिङमा सक्रिय प्रयोगकर्ताको संख्या क्रमशः ५० हजार ८१६ र १२ लाख ३६ हजार ७२८ पुगेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २६ कार्तिक २०७८, शुक्रबार