स्टिभ जब्स आफैंले बनाएको एप्पलको पहिलो कम्प्युटर करोडाैं रुपैयाँमा बिक्री

  • Technology Khabar | २६ कार्तिक २०७८, शुक्रबार
स्टिभ जब्स आफैंले बनाएको एप्पलको पहिलो कम्प्युटर करोडाैं रुपैयाँमा बिक्री

काठमाडौं ।

एप्पलको सबैभन्दा पहिलो ओरिजिनल कम्प्युटर एप्पल-१ आज अमेरिकामा लिलाम गरिएको छ। यसलाई खरिद गर्ने व्यक्तिले यसको मूल्य ४ लाख डलर तिरेका छन्।

आजको दर अनुसार यसको मूल्य ४ करोड ७८ लाख नेपाली रुपैयाँभन्दा धेरै हुन आउँछ।

यो कम्प्युटरको मुख्य विशेषता भनेको यसलाई कम्पनीका संस्थापक स्टिभ जब्स तथा स्टिभ वोज्नियाकले आफ्नै हातले बनाएका थिए।

एपल-१ यतिबेला सन्सारभर रहेका जम्मा ६० ओटामध्ये एउटा कम्प्युटर हो। ६० मध्ये २० ओटाले अहिले पनि काम गरिरहेको र हाल बिक्री भएको पनि चालु हालतमा रहेकोमध्ये एक भएको बुझिएको छ।

यो कम्प्युटरलाई श्याफे कलेज एप्पल-१ का नामले पनि चिनिन्छ किनकि यसका मुख्य धनी श्याफे कलेजका प्राध्यापक थिए। उनले सन् १९७७ मा एप्पल-२ कम्प्युटर किन्नका लागि आफूसँग भएको एप्पल-१ लाई एक विद्यार्थीलाई बेचेका थिए।

रमाइलो कुरा के छ भने त्यतिबेला ती विद्यार्थीले उक्त कम्प्युटरका लागि प्राध्यापकलाई ६५० डलर मात्र तिरेका थिए।

एप्पल-१ केससहितको मदरबोर्डका साथमा आउँथ्यो भने यसको की-बोर्ड तथा मनिटर छुट्टै बिक्री गरिन्थ्यो। कम्प्युटर हवाई शहरको विशेष केआ वूड नामक काठबा बनेको क्याबिनेटसहित पनि आउने गर्दथ्यो। एप्पलले यो वूड केसिङसहितको जम्मा २०० ओटा कम्प्युटर मात्र बनाएको थियो।

जब्स तथा वोज्नियाक प्राय: एप्पल-१ कम्प्युटरका कम्पोनेन्ट अर्थात् पार्ट्पुर्जा छुट्टै बिक्री गर्ने गर्दथे। एउटा कम्प्युटर पसलले यस्तो ५० ओटा कम्प्युटरको डेलिभरी लिएर आफैंले वूड केसिङमा डिजाइन राखेर डिजाइन गरेको थियो। यो तरिकालाई तत्कालीन प्रयोगकर्ताले निकै रुचाएका बताइएको छ।

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...