जडान गरिएका सीसी क्यामरा मर्मत नहुँदा सुरक्षा चुनौती

  • Technology Khabar | २६ कार्तिक २०७८, शुक्रबार
जडान गरिएका सीसी क्यामरा मर्मत नहुँदा सुरक्षा चुनौती
फाइल तस्बिर

काठमाडौं ।

दैलेख बजार क्षेत्रमा शान्तिसुरक्षाका लागि जडान गरिएका सीसी क्यामरा बिग्रिएको महिनौँ हुँदासमेत मर्मत हुन सकेका छैनन् ।

सीसी क्यामरा मर्मत नहुँदा बजार क्षेत्रको सुरक्षा चुनौती बढेको छ। नारायण नगरपालिकाका विभिन्न स्थानमा जडान गरि एका सीसी क्यामरा वर्ष दिन नबित्दै बिग्रिएका र हालसम्म सम्बन्धित निकायले चासो नदिएका कारण मर्मत हुन नसकेका हुन् ।

तत्कालीन जिल्ला विकास समिति, नारायण नगर पालिका, गैर सरकारी संस्था महासङ्घ, निर्माण व्यवसायी सङ्गठन, सुनचाँदी व्यवसायी सङ्घलगायतले क्यामरा जडान गर्न करिब १४ लाख रुपियाँको लागतमा नगरपालिका भित्रका १० स्थानमा सीसी क्यामरा जडान गरिएको थियो ।

सदरमुकामको बसपार्क, काँडाचौर, गणेशचोक, त्रिभुवन मावि अगाडि, डेकेन्द्र चोक, देवकोटा चोक, लोकतान्त्रिक चोक, पुरानो कारागार र दुईवटा खम्बामा ती सीसी क्यामरा जडान गरिएको बताइएको छ ।

बैङ्क, वित्तीय संस्था तथा ठुल्ठूला पसलले आफ्नै लगानीमा क्यामरा जडान गरेपनि सवारीसाधनको बढ्दो चापलाई ध्यान दिएर सीसी क्यामरा जडान गरिएको र ती सबै क्यामरा बिग्रिएपछि सार्वजनिक सवारीसाधनको लापरबाहीसमेत बढेको छ । बजारको शान्तिसुरक्षा कायम गर्न जडान गरिएका क्यामराले आपराधिक गतिविधि रोक्न सहज बनाए पनि समयमा मर्मत नहुँदा शान्तिसुरक्षा कायम गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी अनुपम श्रेष्ठले सदर मुकाममा जडान गरिएका १० वटा सीसी क्यामरामध्ये अहिले चार वटा क्यामराले मात्र काम गरेको बताए। उनले दैलेख बजारको गणेश चोक, डेकेन्द्र चोक, लोकतान्त्रिक चोक र अदालतनजिकका क्यामराले मात्र काम गरेको जानकारी दिए। सबै सीसी क्यामरा बिग्रिएपछि आफूहरूले ताकेता गरेर चार वटा मर्मत भए पनि अरू नभएको उनको भनाइ छ।

नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले बजार क्षेत्रको सुर क्षाका लागि जडान गरिए पनि त्यसको नियमित अनुगमनको जिम्मा प्रहरीलाई दिएको बताए । उनले नगरपालिकाले प्रहरीसँग समन्वय भइरहेको र मर्मत गर्न नगरपालिका तयार रहेको उल्लेख गरे। गोरखापत्र

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार