नाष्टमा पहिलो पटक सूचना पहुँच केन्द्र स्थापना

  • Technology Khabar | २५ कार्तिक २०७८, बिहीबार
नाष्टमा पहिलो पटक सूचना पहुँच केन्द्र स्थापना

काठमाडौं ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले मुलुकमै पहिलो पटक सूचना पहुँच केन्द्र सञ्चालनमा ल्याएको छ।

सो केन्द्रको आज शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमायाकुमारी यादव, मन्त्रालयका सचिव सुरेश आचार्य तथा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकका साथै दक्षिण कोरिया–नेपाल सूचना पहुँच केन्द्रका अध्यक्ष मुन योङसिकले संयुक्त रुपमा उद्घाटन गरे ।

केन्द्र नामक मोबाइल भ्यानले मुलुकका ग्रामीण भेगमा पुगी शिक्षित र अशिक्षितबीचको खाडल भर्न सहयोग गर्ने विश्वास लिएको राज्यमन्त्री यादबले बताईन्।

यसैगरी सचिव आचार्यले नाष्टमा सो केन्द्रको व्यवस्था भएसँगै सूचना र प्रविधिको क्षेत्रमा सहज हुने बताए ।

नाष्टका प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले आफूहरुले सो पहुँच केन्द्र स्थापनाका लागि सन् २०१९ मा कोरिया सरकारलाई प्रस्ताव बुझाए बमोजिम २०२० भित्र नाष्टमा आवश्यक सम्पूर्ण सामग्री जडानको काम सम्पन्न गरेको बताए। उनकाअनुसार केन्द्रको सहयोगमा सूचना र प्रविधिबारे अनभिज्ञ मानिसलाई विज्ञ तुल्याइ मोबाइल अनि ल्यापटपदेखि लिएर भाइवरका साथै म्यासेन्जर आदि सम्पूर्ण कुरा चलाउन सिकाईने छ।

नाष्टले सो घुम्ती पहुँच केन्द्रलाई वर्षामा एक पटक सातै प्रदेशमा लगेर जनताको माग बमोजिमको कुरा सिकाउने जनाएकोछ।

प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...