
काठमाडौं ।
निकै प्रतीक्षा गरिएको पब्जी न्यू स्टेट गेम भारतसहित २ सयभन्दा बढी देशका एन्ड्रोइड तथा आईओएस यूजरहरुका लागि आधिकारिक रुपमा उपलब्ध भएको छ।
यस गेममा नेक्स्ट जेनरेशनको ब्याटल रोयल अनुभव प्राप्त हुने कम्पनीको दावी छ। यस गेममा १०० प्रकारका हातहतियार तथा स्ट्राटेजी प्रयोग गरेर खेलाडीहरुले ब्याटल रोयल लड्न सक्ने बताइएको छ।
पब्जी न्यू स्टेट गेममा सन् २०५१ को सेटिङ रहेकाले प्लेयरले त्यही सालको दुनियाको ब्याटलग्राउन्डमा लडेको अनुभव लिन सक्नेछन्। साथै यसमा नयाँ युद्धपोतको प्रयोगबाट यूजरले अझ ताजा र नाैलो अनुभव गर्न सक्ने बुझिएको छ।
पब्जी न्यू स्टेट एन्ड्रोइड ६.० मार्शम्यालो, आईओएस १३ वा त्योभन्दा माथिको ओएस भर्सनका डिभाइसहरुमा चल्छ। कम्तीमा २ जीबी र्याम भएका फोनमा यो गेम चल्छ किनकि उक्त गेमको साइज १.४ जीबी मात्र छ।
५ करोडभन्दा बढि प्रि-रजिस्ट्रेशन
डेभलपरहरुले यो गेम बनाउने घोषणा गत फेब्रुअरीमा गरेको र सार्वजनिक हुनुअगावै ५ करोडभन्दा बढी यूजरले प्रि-रजिस्ट्रेसन गरेको कम्पनीको दावी छ। यसबाहेक सार्वजनिक भएको १ घण्टामा ५ लाख पटक डाउनलोड भएको कम्पनीले जनाएको छ।
फ्री-टु-प्ले मोबाइल गेमका रूपमा शुरू हुने
यूट्युबमा लाइभस्ट्रिम गरिएको इभेन्टमा क्राफ्टनले पब्जी न्यू स्टेट गेम वैश्विक स्तरमा विभिन्न १७ भाषामा फ्री-टु-प्ले मोबाइल गेमका रूपमा शुरू हुने बताएको छ।
प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार