
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष नियोग नासालाई हबल टेलिस्कोप सञ्चालनमा फेरि समस्या झेल्नुपरेको छ।
वायर्डमा आएको एक रिपोर्ट अनुसार हबल टोलीले यसका थुप्रै उपकरणहबीच तालमेलमा आएको समस्याका कारण गत अक्टोबरमा सेफ मोडमा जानुपरेको बारेमा समीक्षा गरिरहेको छ।
इन्जिनीयरहरुले गत नोभेम्बर ७ मा हबलमा रहेको सर्भेका लागि राखिएका एडभान्स्ड क्यामरा रिएक्टिभेट गरेका थिए भने यो हप्ता अन्य प्रभावित पार्टपुर्जाहरु इनेबल गर्न उनीहरुले उक्त डिभाइसको आउटपुट भेरिफाइ गरेका थिए।
हबलमा ती समस्याहरु गत अक्टोबर २३ मा शुरु भएको र नासाले हबलको कन्ट्रोल युनिटबाट उपकरहरुमा सिंक भएको जानकारी नआएको पत्ता लगाएको थियो। उक्त सञ्चार समस्या २ दिनसम्म रहेको र यसकारण डिभाइसलाई आकस्मिक रुपम शट डाउन गर्नुपरेको थियो।
नासाले पुरानो भैसकेको हबललाई तुरुन्तै फर्काउन सक्ने अवस्था छैन किनकि यो प्रक्रियामा हुने तीव्र तापक्रम तथा पावरको घटबढले टेलिस्कोपको आयु घटाउने प्रबल समस्या रहन्छ।
प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार