
काठमाडौं ।
एप्पलले गत सेप्टेम्बर महिनामा आयोजना गरेको लन्चिङ्ग इभेन्टमा कम्पनीले एम१ प्रो र एम१ म्याक्स चिपसेट एयरपड्स ३ का साथसाथै यसको नयाँ म्याकबुक प्रोहरु पनि ल्याएको थियो ।
अझ सो इभेन्टमा अनौठोरुपमा कम्पनीले पहिलो पटक डिभाइस सफा गर्ने वा पालिश गर्ने कपडा १९ अमेरिकी डलरमा लन्च गरेको थियो । सो कपडाको बारेमा निकै चर्चा भएको थियो ।
केहि समयअघि सो कपडाको माग अत्यधिक भएको हुँदा ग्राहकहरुले अर्डरमा कुर्नुपर्ने भएको रिपोर्ट समेत आएको थियो ।

अब भने सामसङले एप्पलको सोही कार्यलाई पछ्याएको छ। सामसङले जर्मनीमा आफ्नो सामसङ मेम्बर्स एपमा पहिलो १,००० प्रयोगकर्ताहरूलाई २०x२० सेन्टिमिटरको कालो पोलिसिङ क्लोथ नि:शुल्क उपलब्ध गराएर एप्पलको फलो गरिरहेको जीएसएम एरेनाले उल्लेख गरेको छ।
रिपोर्टकाअनुसार सो प्रोमो अहिलेको लागि जर्मनीमा मात्र उपलब्ध भएको जस्तो देखिन्छ । यो अन्य क्षेत्रहरूमा विस्तार हुने वा नहुने भन्ने बारेमा अझै केहि जानकारी छैन्।
प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार