
काठमाडौं ।
नेपालको पहिलो अनलाईन फुड डेलिभरी कम्पनी फुडमाण्डुले संचालनको ११ वर्ष पुरा गरेको छ।
११ वर्ष पुरा गरेको उपलक्ष्यमा कम्पनीले विभिन्न अफरहरु र सुविधाहरु ल्याएको छ।यसका साथै कम्पनीले आकर्षक कम्बो डिल समेत ल्याएको छ।
”संचालनको यो एक दशक भन्दा बढिको समय हाम्रो लागी निकै महत्वपूर्ण रहयो र यो अवधिमा हामीले निकै उतार चढावको अनुभव हासिल गर्यौं ।”, कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने।
ग्राहकहरुको रुची र माग अनुसार सेवाहरुलाई थप परिस्कृत गर्दै देशका थप अरु प्रमुख शहरहरमा सेवा बिस्तारको योजना रहेको अधिकारीले बताए।
”वार्षिक उत्सवको अवसरमा कम्पनीले आर्कषक छुटहरुको व्यवस्था मिलाएको छ। ११ दिन सम्म हरेक दिन रु. १,१११ को आकर्षक कम्बो डिल तथा आबद्ध केहि रेष्टुरेण्टहरुसँगको सहकार्यमा बिलकुलै नौलो परिकारहरु पनि आफ्ना ग्राहक सामु पस्कँदैछौं”, कम्पनीका ब्राण्ड, मार्केटिङ्ग तथा बजार व्यवस्थापक प्रमुख श्याम रत्न माली भने।
हाम्रो पात्रोसँग पनि सहकार्य
आफ्नो बजार विस्तार गर्ने रणनिती अनुसार देशको सबैभन्दा बढी डाउनलोड भएको र रुचाईएको एप हाम्रो पात्रोसँग सहकार्य गरी उक्त एप मार्फत पनि सिधै फुडमाण्डुबाट खाना अर्डर गर्न मिल्ने व्यवस्था मिलाउन लागेको कुरा कम्पनीले जनाएको छ।
सन् २०१० को नोभेम्वर ११ देखि संचालनमा आएको कम्पनीमा काठमाण्डौं उपत्यका एवं पोखराका सयौं रेष्टुरेण्टहरु आबद्ध छन्। आवद्ध रेष्टुरेण्टहरुका परिकारहरु कम्पनीको वेवसाईट तथा मोवाईल एप मार्फत अर्डर गर्न सकिन्छ। साथै कम्पनीले ग्रोसरी डेलिभरी सेवा पनि संचालन गर्दै आएको जानकारी दिएको छ।
*हेडलाइन सम्पादित
प्रकाशित: २४ कार्तिक २०७८, बुधबार