ग्यापुको बृहत अनलाइन सेल ११.११ आयोजना हुँदै

  • Technology Khabar | २४ कार्तिक २०७८, बुधबार
ग्यापुको बृहत अनलाइन सेल ११.११ आयोजना हुँदै

काठमाडौं ।

गत वर्ष झै यो वर्ष पनि नेपाली अनलाइन स्टोर ग्यापुले देशकै ठूलो सेल कार्यक्रम ११.११ को घोषणा गरेको छ। थुप्रै आकर्षक छुट र अफरका साथ ग्यापुले नोभेम्बर ११ मा हुने यो बृहत सेलको घोषणा गरेको हो।

जाडोको कपडा, स्मार्टफोन, भान्छाको सामान वा अन्य घरायसी सामान लिने सोचमा भएकाहरुलाई ग्यापुको ११.११ सेल सुनौलो अवसर हुने बताइएको छ ।

ग्यापुमा उपलब्ध हरेक सामग्रीहरूमा आकर्षक छुट र क्यासब्याक अफर पनि पाइने बताइएको छ। यो बृहत सेल नोबेम्बर ११ को मध्यरातदेखि सुरु भएर २४ घण्टा सम्म उपलब्ध हुनेछ। यस अवसरमा खरिद गरिएका सामग्रीको निशुल्क डेलिभरी पनि गरिने बताइएको छ।

प्रकाशित: २४ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार