आईफोन ट्र्याकिङ मुद्दामा बेलायतको सर्वोच्च अदालतद्वारा गुगलको पक्षमा फैसला

  • Technology Khabar | २४ कार्तिक २०७८, बुधबार
आईफोन ट्र्याकिङ मुद्दामा बेलायतको सर्वोच्च अदालतद्वारा गुगलको पक्षमा फैसला

काठमाडौं ।

अमेरिकी टेक जायन्ट गुगलले बेलायतका ५४  लाख आईफोन प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको भन्ने मुद्दामा सफाइ पाएको छ।

बेलायतको सर्वोच्च अदालतले सफारी प्रयोगकर्तालाई ट्र्याक गर्नका लागि संयन्त्र बनाए पनि गुगलमाथि अमेरिकी शैलीको फैसला थोपर्न नसकिने बताएको हो।

उक्त फैसला अमेरिकामा रहेको गुगल र बेलायतको डाटा सुरक्षा कानूनबीचको टकरावजस्ता प्रक्रियागत कुराहरुमा केन्द्रित रहेको थियो।

यसबाहेक गुगलको उक्त संयन्त्रले उपभोक्ता अधिकार अभियन्ता रिचर्ड लोयडको नेतृत्वमा रहेको उजुरीकर्ताहरुले आरोप लगाए झैं कुनै हानी नपुर्याएको फैसलामा उल्लेख छ।

सन् २०१७ मा लोयड तथा अन्य धेरैले ‘गुगल यू ओ: अस’ नामक संस्था खोलेर कम्पनीमाथि मुद्दा हाल्न खोजेका थिए।

यो संस्थाले गुगललाई सन् २०११ देखि २०१२ सम्मको समयमा आईफोन प्रयोगकर्ताका डाटा चोरेर बेलायतको कानून मिचेको आरोप लगाएका थिए।

उक्त मामिलाले गुगलले आफूले लिन नपाउने डाटामा पहुँचका लागि उक्त संयन्त्र बनाएकोमा जोड दिएको थियो।

प्रकाशित: २४ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार