
काठमाडौं ।
टिकटक एप सबैभन्दा धेरै डाउनलोड हुने एपमा परेको छ । चिनियाँ कम्पनीको अधिनमा रहेको भिडियो सेयरिङ्ग एप टिकटकले अन्य एपहरुलाई उछिनेर एन्ड्रोइड एपहरुमध्ये सबैभन्दा धेरै डाउनलोड हुने एप भएको हो ।
चर्चित एपको कुरा गर्दा सबैको ध्यान गेमिङ एपमा नै जान्छ। तर हामी यहाँ गैर-गेमिङ एपको बारेमा कुरा गर्दैछौं जुन संसारमा सबैभन्दा धेरै डाउनलोड गरिएको छ। यो नन-गेमिङ एप चीनमा आधारित टिकटक हो जुन छोटो भिडियो प्लेटफर्मको रुपैमा उदाएको छ।
अक्टोबर २०२१ मा ५ करोड ७० लाख मानिसहरूले यो एप डाउनलोड गरेको सेन्सर टावरको एक रिपोर्टले खुलासा गरेको हो । रिपोर्टका अनुसार टिकटक एप चीनमा डुइनको रुपमा १७ प्रतिशत इन्स्टल भएको थियो भने अमेरिकामा ११ प्रतिशत डाउनलोड भएको थियो।
दोस्रो नम्बरमा इन्स्टाग्राम
टिकटकलाई पछ्याउँदै इन्स्टाग्रामले नयाँ फिचर ल्याएको छ, जसलाई रिल्स फिचर भनिन्छ। यो सुविधालाई विश्वभर धेरै मन पराइएको थियो, त्यसैले इन्स्टाग्राम विश्वमा दोस्रो सबैभन्दा धेरै डाउनलोड हुने गैर-गेमिङ एप हो। अक्टोबर २०२१ मा, यो एपले कुल ५ करोड ६० लाख डाउनलोड प्राप्त गर्यो।
इन्स्टाग्रामलाई भारतीय जनताले धेरै मन पराएको देखिन्छ, जसका कारण भारतका ३९ प्रतिशतले इन्स्टाग्राम डाउनलोड गरेका थिए । दोस्रो नम्बरमा, सबैभन्दा धेरै ब्राजिलियन प्रयोगकर्ताहरूले इन्स्टाग्राम डाउनलोड गरेका थिए।
यी दुई एपहरू विश्वभरका मानिसहरूले मन पराइरहेका छन्। यसका साथै व्हाट्सएप, फेसबुक र टेलिग्राम पनि अक्टोबर २०२१ मा सम्पूर्ण विश्वमा सबैभन्दा धेरै इन्स्टल भएका प्रमुख पाँच मध्येका गैर-गेमिङ एपहरू हुन्।
प्रकाशित: २४ कार्तिक २०७८, बुधबार