यी हुन दूरसञ्चार प्राधिकरणको कारबाहीमा परेका पछिल्ला दुई इन्टरनेट सेवा प्रदायकहरु

  • Technology Khabar | २४ कार्तिक २०७८, बुधबार
यी हुन दूरसञ्चार प्राधिकरणको कारबाहीमा परेका पछिल्ला दुई इन्टरनेट सेवा प्रदायकहरु

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले दुईओटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई कारबाही गरेको छ।

नियमनकारी निकाय प्राधिकरणले इन्फोटेक टेक्नोलोजी प्रालि र बिग मर्स्याङदी नेट प्रालिलाई कारबाही गरेको हो ।

दुबै इन्टरनेट सेवा प्रदायकहरुमध्ये इन्फोटेक टेक्नोलोजीलाई स्पष्टिकरण सोधिएको छ भने बिग मर्स्याङदीलाई जरिवाना तिराईएको छ।

इन्फोटेक टेक्नोलोजीमा प्राधिकरणले गरेको अनुगमत तथा निरिक्षणको क्रममा अनुमतिपत्रका विभिन्न शर्तहरुको पालना नगरेको, सरकारलाई बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम दाखिला नगरेको तथा ग्राहकहरुलाई बिज बिजक गारी गर्दा दूरसञ्चार सेवा शुल्क तथा भ्याट रकमको हिसाब नगरेको भेटिएको थियो।

सोहि आधारमा सो सेवा प्रदायकलाई कारबाही गर्नका लागि स्पष्टिकरण सोध्ने निर्णय गरिएको छ।

यसैगरी बिग मर्स्याङदीको स्थलगत अनुगमन तथा निरिक्षणको क्रममा प्रकाश शर्मा भन्ने व्यक्तिले कम्पनीको बिल बिजक प्रयोग गरेको भेटिएको थियो । त्यसैगरी सो इन्टरनेट सेवा प्रदायकले शाखा कार्यालय संचालन गर्दा सम्पूर्ण जिम्मेबारी शाखालाई बनाई अनुमति पत्रको शर्त नम्बर १५.५ तथा अन्य शर्तहरु समेत शाखाले नै पालना गर्नुपर्ने गरी जिम्मेबारी दिएको थियो ।

यसका साथै कम्पनीले अनुमति पत्रको शर्तअनुसार ग्राहकहरुसँग सम्झौता नगरेको भेटिएको थियो ।

कम्पनीले सबै गल्तीहरु स्वीकार गरी त्यसमा सुधार गर्ने र अनुमति पत्रका शर्त विपरितका कार्यहरु नगर्ने जानकारी गराएको छ।

सोहिअनुसार अनुमति पत्रको शर्तहरु पालना नगरेको हुँदा कम्पनीलाई ध्यानाकर्षण गराउँदै प्राधिकरण बोर्डले २५ हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको जानकारी दिएको छ।

प्रकाशित: २४ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार