
काठमाडौं ।
११.११ को पूर्वसन्ध्यामा, दराजले ११ प्रख्यात सेलिब्रेटीहरू सहित, कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी र मालभिका सुब्बासँग दराज प्रयोगकर्ताहरूका लागि भव्य गाला लाइभ आयोजना गर्न गइरहेको छ।
यस कार्यक्रममा नेस स्टुडियोको सांगीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेलहरू र दराज प्रयोगकर्ताहरूका लागी नयाँ टिभिएस रेडर लगायत राम्रा पुरस्कारहरू जित्ने मौका रहेको दराजले जनाएको छ ।
उक्त कार्यक्रम विशेष रूपमा दराज एपको नयाँ दराज लाइभ फिचर मार्फत नोभेम्बर १० मा प्रत्यक्ष प्रसारण गरिनेछ । लाइभस्ट्रिमिङ विगत केही वर्षहरूमा निकै लोकप्रिय हुँदै गईरहेको छ । यसको मुख्य कारण भने कोभिड महामारीमा धेरै ब्रान्ड, बिक्रेता, व्यवसाय र उपभोक्ताहरूले व्यापार, संलग्नता, र मनोरन्जनको नयाँ तरिकाको खोजिमा आफ्नो ऊर्जा अनलाइन सारे । र यसरि नै लाइभस्ट्रिमिङ अहिले आफैंमा एक ठूलो उद्योग भएको छ ।
चीनको लाइभस्ट्रिमिङ उद्योग मात्र करिब ५ अर्ब अमेरिकी डलर रहेको बताइएको छ र विश्वव्यापी रूपमा लाइभ स्ट्रिमिङ उद्योग २०२७ सम्ममा १८४.३ अर्ब अमेरिकी डलर हुने अपेक्षा गरिएको छ ।
नेपालमा अनलाइन किनमेललाई पुनः आविष्कार गर्ने दृष्टि राखी र अलिबाबाको अनुभव, अन्तरदृष्टि र प्रविधिहरूको सदुपयोग गर्दै, दराज लाइभ प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।
अनलाइन शपिंग र मनोरञ्जनलाई मिलाएर, दराज लाइभले नवीन र रमाइलो अनुभव प्रस्तुत गर्दछ जहाँ ग्राहक, ब्रान्ड र बिक्रेताहरूले दराज एप मार्फत प्रत्यक्ष छलफल, उत्पादन प्रदर्शन र एकै साथ खरिद गर्ने समृद्ध अनुभव प्राप्त गर्न सक्दछन् ।
“हामी दराज लाइभ मार्फत ग्राहक र बिक्रेता बिचको सम्बन्धलाई अझ बढि मजबूत गर्ने आशा गर्दछौं । हामी एक बलियो समुदाय निर्माण गर्न चाहन्छौं, जहाँ अनलाइन शपिंगको कुरा आउँदा ग्राहकहरूले खोजिरहेको कुनै पनि जानकारी प्रतक्ष्य बिक्रेताबाट पाउन”, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने ।
११.११ को बारेमा थप जान्न र सङ्कलन गर्न मिल्ने धेरै भाउचरहरू जित्नका लागि, दराजले आफ्ना प्रयोगकर्ताहरूलाई नोभेम्बर १ देखि दराज एप मार्फत दैनिक दराज लाइभमा जोडिन सिफारिस गर्दछ ।
प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार