स्कुले विद्यार्थीका लागि सिकाइ चौतारी पोर्टलको शुभारम्भ

  • Technology Khabar | १८ कार्तिक २०७८, बिहीबार
स्कुले विद्यार्थीका लागि सिकाइ चौतारी पोर्टलको शुभारम्भ

काठमाडौं ।

कोभिड–१९ ले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै सिकाइ चौतारी पोर्टलको शुभारम्भ गरिएको छ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुभारम्भ गरेको पोर्टल कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीले पढ्न र हेर्न सकिने गरी तयार गरिएको छ ।

मन्त्री पौडेलले सहरमा प्रविधिको विकास भइसकेको छ बताउँदै गाउँका कुनाकन्दराका विद्यार्थीले सहजै चलाउन सक्नुपर्ने बताए।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक पढ्न र हेर्न सकिने बनाइएको छ।

केन्द्रका महानिर्देशक चूडामणि पौडेलले पोर्टलले विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको बताए। गोरखापत्र

प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

यसकारण सस्ता फोन पनि महँगिँदैछन्: युस्विच

  • Technology Khabar
  • १८ कार्तिक २०७८, बिहीबार