ग्लोबल आइएमई बैंकको तीनवटा नयाँ शाखा सञ्चालनमा

  • Technology Khabar | १७ कार्तिक २०७८, बुधबार
ग्लोबल आइएमई बैंकको तीनवटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ।

बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ।

नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ।

यो बैंकको २८६ शाखा सञ्जाल सहित २५२ एटिएम, ४८ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २६२ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्र्पक कार्यालय छन्।

प्रकाशित: १७ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...