महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्ग स्तरोन्नती, थप प्रविधिमैत्री एवं समय सापेक्ष बनाउँदै

  • Technology Khabar | १८ कार्तिक २०७८, बिहीबार
महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्ग स्तरोन्नती, थप प्रविधिमैत्री एवं समय सापेक्ष बनाउँदै

काठमाडौं ।

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंक एक्सपी सिस्टममा स्तरोन्नती गरेको छ।

बैंकले कात्तिक १५ गतेदेखि उक्त सेवाको शुभारम्भ गरेको हो। यस बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग सेवालाइ थप प्रविधिमैत्री एवं समय सापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गरिएको हो।

यसबाट ग्राहक महानुभावहरुलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्त तथा दुरुस्त हुने विश्वास यस बैंकले लिएको छ।

यस सेवाको सुरुवातसँगै अब ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सक्ने बैंकले जनाएको छ। यसका साथै यस सेवामा अनेकन अत्याधुनिक विशेषताहरु छन्।

यस सेवा अन्तर्गत बैंकमा खाता नै नभएका महानुभावहरुले समेत बैंकिङ्ग कारोबार गर्न सक्नेछन् । यस सेवामा रहेको ई क्यास सुविधा अन्तर्गत यस बैंकमा खाता नभएका ग्राहक महानुभावलाई मोबाइल नम्बर को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाईएको छ। यसका साथै ई भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्नेछ।

घरमा नै बसीबसी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्ले सञ्चालनमा ल्याईएको यस सेवा अन्तर्गत ग्राहकहरुले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका विभिन्न उपयोगी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

यस प्रयोगकर्ता मैत्री प्रविधि, बैंक एक्सपी सिस्टममा स्तरोन्नत्ती गरेसँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि विभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्नसक्ने विश्वास बैंकले लिएको छ। यस सेवालाई प्रयोग गर्नका लागि एन्ड्रोइडको प्लेस्टोर र आईओएसको एपस्टोरबाट ग्राहक महानुभावहरुले महालक्ष्मी बैंक एक्सपी डाउनलोड गर्न सक्ने बताईएकोछ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार