
काठमाडौं ।
थुप्रै विश्लेषकहरुले आगामी वर्ष आउने आईफोन १४ लगायतका एप्पलका उत्पादनहरुमा ३ एनएम चिप रहने आकलन गर्दै आएकोमा त्यसो नहुने बुझिएको छ।
हालै बाहिर आएको एक रिपोर्ट अनुसार एप्पलले आउँदो वर्ष आउने आफ्ना उत्पादनहरुमा ३ एनएम प्रोसेसमा बनेको चिप प्रयोग नगर्ने भएको बुझिएको छ।
एप्पलको इन-हाउस चिप उत्पादक कम्पनी टीएसएमसीको उत्पादन प्रणालीमा केही समस्या आएकाले उक्त योजना आगमी वर्षबाट अझ पछाडि धकेलिन पुगेको हो।
यस मामिलाका जानकार इन्जिनीयरहरुका अनुसार नयाँ ३ एनएम चिप आगामी वर्ष आईफोन १४ आउने बेलासम्म उपलब्ध हुने छैन।
तर टीएसएमसीले आफ्ना प्रतिस्पर्धी कम्पनीहरुभन्दा अगाडि नै ३ एनएम प्रोसेसमा चिप उत्पादन थाल्न सक्ने प्रबल सम्भावना छ।
प्रकाशित: १७ कार्तिक २०७८, बुधबार