काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ का लागि इन्फर्मेसन सिस्टम अडिट र क्लाउड सुरक्षा अडिट गर्न अडिटरहरुको रोस्टर तयार पारेको छ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले गत बिहिबार असोज १४ गते सार्वजनिक सूचना जारी गर्दै साइबर सेक्यूरिटी अडिटर कम्पनीहरुलाई रोस्टरमा दर्ता हुनको लागि आह्वान गरेकोमा आवेदकहरुमध्येबाट योग्यता पुगेका हरुलाई रोस्टरमा समावेश गरेको हो।
सार्वजनिक सूचनाअनुसार साइबर सुरक्षा विनियमावली २०७७ अन्तरगत गरिने सेक्यूरिटी अडिटका लागि प्राधिकरणको सो रोस्टरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कम्पनीले आवश्यक योग्यता पुरा गरेर सहभागी हुनसक्ने प्रावधान रहेकोमा दुवै खाले कम्पनी सूचीमा अटाएका छन् ।
साइबर सुरक्षा उपनियम २०२० को धारा ५५ र ५७ ४ अन्तर्गत छानिएका अडिटरहरुको सूची यसप्रकार छ:
| इन्फर्मेसन सिस्टम अडिटर |
| क्र. सं. | परामर्शदाता संस्थाको नाम | ठेगाना |
| १ | ग्रीन टिक नेपाल प्रा ली | महालक्ष्मी कम्प्लेक्स, मीनभवन काठमाडाैं, नेपाल |
| २ | टीयूभी एसयूडी साउथ एसिया प्रा ली | मुगल हाउस, अफ शाकी विहार रोड, शाकी नाका, अन्धेरी इस्ट, मुम्बइ, भारत |
| ३ | केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज एलएलपी | एम्बेसी गल्फ लिंक्स, बिजनेस पार्क, बेंगलुरु भारत |
| ४ | एमिनेन्स वेज प्रा ली | सेतोपुल, काठमाडाैं, नेपाल |
| क्लाउड अडिटर |
| क्र. सं. | परामर्शदाता संस्थाको नाम | ठेगाना |
| १ | ग्रीन टिक नेपाल प्रा ली | महालक्ष्मी कम्प्लेक्स, मीनभवन काठमाडाैं, नेपाल |
| २ | टीयूभी एसयूडी साउथ एसिया प्रा ली | मुगल हाउस, अफ शाकी विहार रोड, शाकी नाका, अन्धेरी इस्ट मुम्बइ भारत |
| ३ | केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज एलएलपी | एम्बेसी गल्फ लिंक्स, बिजनेस पार्क बेंगलुरु भारत |
| ४ | एमिनेन्स वेज प्रा ली | सेतोपुल, काठमाडाैं, नेपाल |
सम्बन्धित समाचार
इन्फर्मेसन सेक्यूरिटी र क्लाउड सेक्यूरिटी अडिट गर्न दूरसञ्चार प्राधिकरणले अडिटर रोस्टर तयार पार्दै
साइबर सेक्युरिटी अडिटरको रोस्टर तयार पार्दै दूरसञ्चार प्राधिकरण
प्रकाशित: १७ कार्तिक २०७८, बुधबार