एप्पल र सामसङको पुन: बिक्री मूल्य एक वर्षमा कति घट्छ? यस्तो छ रिपोर्ट

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार

काठमाडौं ।

बेलयतमा रहेको रिफर्बिश्ड इलेक्ट्रोनिक्क रिटेलर संस्था म्युजिकम्यागपाइले स्मार्टफोनको पुन: बिक्री मूल्य १२ महिनाको अन्तरालमा कत्तिको ह्रास हुन्छ भन् रिपोर्ट प्रस्तुत गरेका छन्।

रिपोर्टमा भएको सूचीमा सबैभन्दा बढी मूल्य ह्रास हुनेमा एप्पल परेको छ भने त्यसपछि सामसङ र अन्य ब्रान्डहरु रहेका छन्।

रिपोर्ट अनुसार बेलायतका औसत उपभोक्ताले प्रत्येक १६ महिनामा आफ्ना फोन बदल्ने गर्छन् भने यसका लागि उनीहरुले पुरानो फोनको ५० प्रतिशत मूल्य थप्नुपर्ने हुन्छ।

एप्पलका डिभाइसहरुको मूल्य पहिलो १२ महिनासम्म ४१ प्रतिशतसम्म घट्ने र २४ महिनासम्ममा ६० प्रतिशतसम्म पुग्ने देखिएको छ। यस्तै सामसङका डिभाइसको भने १२ महिनामा ६४ प्रतिशत तथा २४ महिनामा ७७ प्रतिशतसम्म मूल्यमा ह्रास आउने तथ्याङ्क छ।

यसैगरी वनप्लसको मूल्यमा ६९ देखि ७८ प्रतिशतसम्म ह्रास आउने देखिएको छ। यसबाहेक ह्वावे तथा गुगलको भने २ वर्षपछि अझै बढी ह्रास हुने पाइएको छ।

म्युजिकम्यागपाइले संकलन गरेको तथ्याङ्कअनुसार ३३ प्रतिशत प्रयोगकर्ताले आफ्ना फोन परिवर्तन गर्दैनन्। कम्पनीका सीईओका अनुसार पुरानो फोनसँग नयाँ साट्नु भनेको नोक्सानी घटाउने राम्रो उपाय हो। उनका अनुसार १० प्रतिशत यूजरले धेरै मूल्य पाइने आशले आफ्ना फोन परिवर्तन गर्न ढिला गर्छन्।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया