एप्पलका सह-संस्थापक स्टिभ वोज्नियाक भन्छन्-बिटक्वाइन गणितीय शुद्धता हो

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार
एप्पलका सह-संस्थापक स्टिभ वोज्नियाक भन्छन्-बिटक्वाइन गणितीय शुद्धता हो

काठमाडौं ।

एप्पलका सह संस्थापक स्टिभ वोज्नियाकले हालै बिटक्वाइन गणितीय शुद्धता भएको विचार व्यक्त गरेका छन्।

कम्प्युटर वैज्ञानिक तथा प्रोग्रामर पनि रहेका वोज्नियाकले क्रिप्टोकरेन्सीलाई समर्थन गर्दै यसले ब्लकचेन प्रविधिमार्फत् निकै भरपर्दो काम गर्ने बताएका हुन्।

यसैक्रममा उनले बजार पुँजीकरणका हिसाबले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइन गणितीय रुपमा निकै शुद्ध रहेको र नक्कल गर्न नसकिने खालको रहेको पनि बताए।

उनले यसलाई अमेरिकी डलरसँग तुलना गर्दै सरकारले अवलोकन तथा कर प्रणालीका लागि गरिने कारोबारहरुबाट शक्ति प्राप्त गर्ने पनि बताए।

याहू फाइनान्ससँग कुरा गर्दै वोज्नियाकले बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीका बारेमा केही अनभिज्ञता रहेको भए पनि अमेरिकी डलरजस्तो एउटै संस्थाको नियन्त्रणमा भने नभएको विचार पनि व्यक्त गरे।

‘बिटक्वाइनको कुनै एक सर्जक हुँदैन। यो कुनै कम्पनीबाट चल्छ र यो एक गणितीय शुद्धता हो। कारोबार गर्नेले खुलेर मैले कारोबार गरें भन्न सक्नुपर्छ,’ उनले भने।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार