
काठमाडौं ।
एनआईसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनलबीच व्यवसायिक सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा यस बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेका छन् ।
मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, बेलायत र मध्यपूर्वका विभिन्न देशहरुमा बस्दै आएका नेपालीहरूले अब बिना झन्झट आइपेको एजेन्टहरु, मोबाइल एप तथा वेबसाइटमार्फत यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्नेछन् ।
यस सुविधाका अलावा विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझ्न सकिने व्यवस्था समेत रहेको बैंकले जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०७८, आईतवार