पिक्सेल फोनमा एन्ड्रोइड १२ अपडेटपछि थुप्रै समस्या आएको प्रयोगकर्ताको गुनासो

  • Technology Khabar | ७ कार्तिक २०७८, आईतवार
पिक्सेल फोनमा एन्ड्रोइड १२ अपडेटपछि थुप्रै समस्या आएको प्रयोगकर्ताको गुनासो

काठमाडौं ।

हालै सार्वजनिक भएको गुगलको पिक्सेल ६ सिरिज लगायतका फोनमा समस्या उत्पन्न भएको छ।

थुप्रै यूजरहरुले यी फोनहरुमा एन्ड्रोइड १२ अपडेट गरेपछि टच रेस्पोन्स, एप क्र्याश तथा ब्याट्री ड्रेनजस्ता समस्या शुरु भएको छ।

यस हिसाबले हेर्दा पिक्सेल यूजरहरुले एन्ड्रोइड १२ अपडेट गर्नुअघि सोच्नुपर्ने भएको छ।

हाल थुप्रै पिक्सेल ६ सिरिजलगायतका यूजरले सोशल मिडियामा आफ्ना पिक्सेल डिभाइस एन्ड्रोइड २३ मा अपडेट गरेपछि ती स्मार्टफोनहरुको टच रेस्पोन्समा समस्या देखा पर्न थालेको बताएका छन्।

यसबाहेक केही यूजरहरुले एप क्र्याश हुने समस्या पनि भोगिरहेका छन्।

ब्याट्री ड्रेन हुने समस्या पनि धेरै

एन्ड्रोइड १२ अपडेटपछि समस्या आएकाहरुले गूगल सपोर्ट फोरममा गुनासो गरेका छन्। अधिकांश यूजरले आफ्ना स्मार्टफोनमा टच रेस्पोन्स, एप क्रैशका साथै केहीले भने ब्याट्री ड्रेन हुने समस्याको गुनासो टिपाएका छन्। ब्याट्री ड्रेनको समस्या आएमा फोनको ब्याट्री छिटै सकिन्छ भने फोन तात्ने समस्या पनि शुरु हुन सक्छ।

पिक्सेलको अलग-अलग मोडलमा समस्या

यो समस्या भर्खरै सार्वजनिक भएको ६ सिरिजमा मात्र नभइ थुप्रै अघिल्ला मोडलहरुमा पनि देखिएको छ। रिपोर्ट अनुसार एन्ड्रोइड १२ अपडेटपछि समस्या देखिनेमा पिक्सेल ४ए, पिक्सेल ४ए फाइभजी तथा पिक्सेल ५ पनि छन्।

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार