
काठमाडौं ।
रसियाले यो महिना अमेरिकी टेक जायन्ट गुगललाई उसको वार्षिक रूसी कारोबारको निश्चित प्रतिशत रकम जरिवाना गर्ने मंगलबार बताएको छ। मस्कोले पटक पटक गैरकानूनी भनेको सामग्री हटाउन असफल भएको भन्दै गुगललाई जरिवाना गर्ने भएको हो।
यसले विदेशी टेक्नोलोजी फर्महरुलाई लगाम लगाउने अझै कडा प्रयासलाई थप गर्ने रोयटर्सले उल्लेख गरेको छ।
रिपोर्टमा सञ्चार नियामक रोस्कोमनाडजोरले भनेअनुसार गुगलले यस वर्ष हालसम्म लगाइएको ३२.५ मिलियन रूबल (४,५८,१०० अमेरिकी डलर) जरिवाना तिर्न असफल भएको छ र अब यसले गुगलको रुसी कारोबारको ५ देखि २० प्रतिशत जरिवाना माग्नेछ, जुन २ करोड ४० लाख डलरसम्म पुग्न सक्नेछ।
रुसले विदेशी टेक्नोलोजी कम्पनीहरुमाथि दबाब बढाएको छ किनकि यसले देश भित्र इन्टरनेटमा अधिक नियन्त्रण दाबी गर्न चाहेको छ । फलस्वरुप मार्च देखि नै ट्विटरको गति कम गरिरहेको छ भने सामग्री उल्लंघनको लागी नियमित रूपमा अरुलाई जरिवाना गरीरहेको छ।
उता विपक्षी कार्यकर्ताहरूले अल्फाबेटको गुगल र एप्पलले क्रेमलिनको दबाबमा उनीहरुको स्टोरबाट सरकार विरोधी रणनीतिक भोटिङ्ग एप हटाएको आरोप लगाएका छन्।
अक्टोबरमा यस अघि रोस्कोमनाडजोरले २०२० डिसेम्बरमा राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा हस्ताक्षरित कानूनको उल्लेख गर्दै, सोशल मिडिया फर्म फेसबुकलाई एक टर्नओभर जरिवाना लगाउनको लागी अदालतलाई सोध्ने बताएको थियो।
स्पार्क बिजनेस डाटाबेसले देखाएअनुसार २०२० मा रूसमा गुगलको कारोबार ८५.५ अर्ब रूबल थियो। यसको आधारमा ५ देखि २० प्रतिशत जरिवाना ४.३ देखि १७.१ अर्ब रूबलको बीचमा हुनेछ।
प्रकाशित: २ कार्तिक २०७८, मंगलवार