गुगल पिक्सेल ६ प्रो अमेजन यूकेमा सूचीकृत, मूल्य ८४९ पाउन्ड

  • Technology Khabar | २ कार्तिक २०७८, मंगलवार
गुगल पिक्सेल ६ प्रो अमेजन यूकेमा सूचीकृत, मूल्य ८४९ पाउन्ड

काठमाडौं ।

गुगलले अक्टोबर १९ अर्थात् आजै सार्वजनिक गर्ने तय गरेको पिक्सेल ६ सिरिजको मूल्यबारे जानकारी लीक भएको छ।

जानकारी अनुसार गुगल पिक्सेल ६ प्रो को १२८ जीबी तथा २५६ जीबी दुवै भेरियन्ट अमेजन यूकेमा सूचीकृत भएको पाइएको हो।

१२८ जीबी भेरियन्टको मूल्य ८४९ पाउन्ड तोकिएको छ भने यो हल्का पहेँलो रंगमा उपलब्ध हुनेछ। यसैगरी २५६ जीबी भेरियन्ट भने कालो रंगमा उपलब्ध हुनेछ र यसको मूल्य ९४९ पाउन्ड तय गरिएको छ।

यी मूल्यहरु यसअघि यूरोपेली खुद्रा व्यापारीहरुको नेटवर्कमा लिक भएका पिक्सेल ६ प्रो को ८९८ डलर वा ८९९ यूरो मूल्यसँग मिल्दोजुल्दो देखिएको छ।

अमेजनमा भएको सूची अनुसार पिक्सेल ६ प्रो मा १२० हर्ज रिफ्रेश रेटसहितको ६.७१ इन्चको एमोलेड डिस्प्ले रहनेछ।

यसको रेजोल्युशन १४४०x३१२० पिक्सेल हुनेछ। यो फोनमा अन्डर डिस्प्ले फिगरप्रिन्ट स्क्यानर रहनसक्ने आकलन गरिएको छ।

पछाडिपट्टि ओआईएसयुक्त ५० मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहेको छ। यसमा ५ एनएममा बनेको कस्टम टेन्सर चिपका साथै १२ जीबी र्याम रहेको छ। यसको डेलिभरी नोभेम्बर १ तारिखबाट हुने आकलन गरिएको छ।

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार