अर्जेन्टिनाको दूरसञ्चार नियामकले देशभरका शिक्षा केन्द्रहरुमा ब्रोडब्यान्ड इन्टरनेट बढाउने

  • Technology Khabar | १ कार्तिक २०७८, सोमबार
अर्जेन्टिनाको दूरसञ्चार नियामकले देशभरका शिक्षा केन्द्रहरुमा ब्रोडब्यान्ड इन्टरनेट बढाउने

काठमाडौं ।

अर्जेन्टिनाको दूरसञ्चार नियामक इनाकमले देशभरका शिक्षा केन्द्रहरुमा ब्रोडब्यान्ड कनेक्टिभिटीमा सुधार गर्ने भएको छ।

हालै नियामक इनाकमले शिक्षा मन्त्रालय र राष्ट्रिय विश्वविद्यालय परिषदसंग एक सम्झौता गरेको छ जसले देशको विश्वविद्यालय शिक्षा केन्द्रहरुमा ब्रोडब्यान्ड कनेक्टिभिटी प्रदान गर्न र सुधार गर्नको लागी लगानी गर्नेछ। कुल १ अर्ब अर्जेन्टिनी रकम अर्जेन्टिनाका सबै विश्वविद्यालयको ब्रोडब्यान्ड नेटवर्कमा पहुँच बढाउन र कोभिड १९ महामारीको पालामा नयाँ काम गर्ने तरीकाहरुलाई समेट्नको लागी  छुट्याईएको छ।

यसको उद्देश्य भनेको आईसीटी सेवाहरुमा समान र गुणस्तरीय पहुँचलाई सक्षम बनाएर डिजिटल विभाजन घटाउनु भएको सम्झौताका साझेदारहरुले  बताएका छन्। यो कदम इन्टरनेटलाई अत्यावश्यक सेवाको रुपमा घोषणा गर्ने सरकारको हालैको आदेश आएपछि कनेक्टिभिटी सुधार गर्नको लागी डिजाइन गरिएको पहलको एक श्रृंखलामा नवीनतम प्रयास हो। एजेन्सीहरुका  साथ

प्रकाशित: १ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • १ कार्तिक २०७८, सोमबार