
काठमाडौं ।
रुसको एउटा चलचित्र निर्माण टोली अन्तरिक्षमा पहिलो चलचित्र छायाँकन सकेर भर्खलै पृथ्वीमा फर्केको छ।
क्लिम शिपेन्को तथा कलाकार यूलिया पेरेसिल्डले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन छोडेर चलचित्रको अन्तिम काम सकाउन कजाख्स्तानमा अवतरण गरेका हुन्।
#ICYMI: A veteran cosmonaut and two Russian filmmakers returned to Earth from the space station overnight landing in Kazakhstan. More… https://t.co/CrQl3O1BUl pic.twitter.com/zaIRfJPEVM
— International Space Station (@Space_Station) October 17, 2021
अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा छायाँकन गरिएको च्यालेन्ज नामक चलचित्रको कथा वस्तु नाटकीय नै रहेको थियो।
गत शुक्रबार अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन चलचित्रको छायाँकन चलिरहँदा यसलाई सन्तुलित बनाइराख्ने थ्रस्टरमा भार परेका कारण यो केही ढल्किएको थियो।
अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनबाट बिदाइको ट्वीट लेख्दै पेरेसिल्डले आफ्नो गुरुत्वाकर्षण रहित फोटो पनि शेयर गरेकी थिइन्। यसबाट यो चलचित्र पृथ्वीमै खिचिएको भन्नेहरुलाई प्रमाणसहितको जवाफ पुग्ने उनको उद्देश्य थियो।
यो चलचित्रमा टम क्रुज पनि रहेका छन् भने कथाको मुख्य विषयवस्तु अन्तरिक्ष दोडसँग सम्बन्धित रहेको छ। क्रुज नासा र इलन मस्कको सहकार्यमा भइरहेको हलिउडको अन्तरिक्षमा चलचित्र छायाँकन गर्ने परियोजनामा संलग्न छन्।
पेरेसिल्ड र शिपेन्को तथा कस्मोनट ओलेग नोभित्स्की रहेका उक्त मोड्युल आइतबार दिउँसो कजाख्स्तानमा प्याराशुटमार्फत् अवतरण गरेको थियो।
प्रकाशित: १ कार्तिक २०७८, सोमबार