
काठमाडौं ।
बेल्जियम संघीय सरकारले एक डिजिटल वालेट पेश गर्ने योजना बनाइरहेको छ जसले मानिसहरुलाई उनीहरुको मोबाइल उपकरणहरुमा महत्वपूर्ण कागजातहरुको ब्यवस्थापन गर्न मद्दत गर्नेछ। बेल्जियमका डिजिटल मामिलाका राज्य सचिव म्याथ्यू मिशेलले योजनाहरु घोषणा गर्दै यो प्रणाली २०२३ बाट उपलब्ध हुनुपर्ने बताए।
परियोजना एक एकल डिजिटल पहिचान प्लेटफर्म विकासको लागी युरोपेली युनियनका योजनाहरुसंग समन्वयनमा रहेको छ। बेल्जियमको ‘स्मार्ट नेशन’ परियोजनाले राष्ट्रिय आईडी कार्ड, ड्राइभर लाइसेन्स, भिसा र विवाह प्रमाणपत्र सहित सरकारका विभिन्न स्तरहरुबाट डाटा लिंक गर्नेछ।
यसका लागि लगभग ५० अधिकारीहरु ५ करोड यूरोको परियोजनामा काम गरीरहेका छन्।
मिशेलले भनेअनुसार सरकार आफ्नो डिजिटल प्लेटफर्मलाई सुव्यवस्थित गर्नका लागि काम गरीरहेको छ।
यसमा हाल १,२०० भन्दा बढी वेबसाइटहरु संचालित छन र लगभग १ अर्ब यूरो प्रति वर्ष बेल्जियम सरकारले ई गभर्नेन्समा खर्च गरीरहेको छ।
यसमा दोहोरोपना हटाउन र अधिक समान प्लेटफर्महरुसंग काम गर्नाले महत्वपूर्ण बचतको आशा गरिने उनले भने।
योजनाहरुमा सरकारी निकायहरुसंग कागजात र जानकारी साझा गर्नको लागी प्रयोग गरीएको ई-बक्सको सुधार समेत शामिल छ। नयाँ ई-बक्स एक आवेदन प्लेटफर्मका साथमा आउनेछ जहाँ प्रयोगकर्ताहरुले अनुमति लिन र कानूनी कागजातको लागी आवेदन गर्न सक्छन् । एजेन्सीहरु
प्रकाशित: १ कार्तिक २०७८, सोमबार