
काठमाडौं ।
सोसल मिडिया जायन्ट फेसबुकले आफ्नो तथाकथित ‘मेटाभर्स’ का लागि यूरोपियन यूनियनबाट १० हजार कर्मचारी भर्ती गर्ने भएको छ।
मेटाभर्स एउटा अनलाइन दुनियाँ हो जहाँ मानिसहरुले मिलेर गेम खेल्न, काम गर्न तथा एक आपसमा सञ्चार गर्न एउटा भर्चुअल वातावरण पाउनेछन्।
यो भर्चुअल दुनियाँमा उपलब्ध सुविधाहरु प्राय भीआर हेडसेट लगाएर उपयोग गरिन्छ।
फेसबुकका सीईओ मार्क जुकरबर्ग यो अवधारणा अगाडि ल्याउने मुख्य व्यक्ति हुन्। यो घोषणा फेसबुकले केही समययता भोग्दै आएको अफवाहहरु तथा नियामकहरुका तर्फबाट हुँदै आएका मापदन्ड र नियमहरुका बीच आएको हो।
के हो मेटाभर्स?
मेटाभर्ससँग नयाँ सिर्जनात्मक, सामाजिक तथा आर्थिक अवसरहरु प्रतिको पहुँचको ढोका खोल्न सक्ने सम्भाव्यता रहेको फेसबुकको दावी छ।
सम्बन्धित समाचार
सुपर इन्टरनेट मेटाभर्स के हो? विश्वभर यो किन चर्चित छ?
फेसबुक इन्टरनेटको नयाँ संसार तयार पार्दै, प्रयोगकर्ताहरु एकै समयमा धेरै ठाउँमा उपस्थित हुनसक्ने
कम्पनीले यूरोपेलीहरु यसको शुरुवातदेखि नै संलग्न हुने आफ्नो ब्लग पोस्टमा लेखेको छ। आगामी ५ वर्षभित्र उपलब्ध हुने यो जागिरमा अति विशिष्ट इन्जिनीयरहरुको बढी संलग्नता रहने बताइएको छ।
प्रकाशित: १ कार्तिक २०७८, सोमबार