
काठमाडौं ।
उपभोक्ताले आफ्नो धारामा खानेपानी नआएको गुनासो अनलाइनबाटै गर्न सक्ने भएका छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले अनलाइन प्रणालीमार्फत उपभोक्ताले खानेपानीको सेवा बारेमा गुनासो र सुझाव पठाउन सकिने सुविधा सुरू गरेको छ।
सोमबार सार्वजनिक सूचना जारी गर्दै केयूकेएलले कम्पनीको वेबसाइट kathmanduwater.org बाट उपभोक्ताले धारामा पानी नआएको, पानी वितरण तालिका, खानेपानी चुहावट भएको, पानी गुणस्तर परीक्षण, ट्यांकर सेवा, ढल जाम भएको आदि सम्बन्धी गुनासो वा सुझाव पठाउन सक्ने उल्लेख गरेको छ।
यसका साथै कम्पनीले सो गुनासो उपर गरेका काम कारबाहीबारे जानकारी लिन सकिने गरी विभिन्न प्रणालीहरुको परीक्षण सुरू गरिएको जनाएको छ ।
यसरी परीक्षण सुरू भएका प्रणालीहरुमा गुनासो सुनुवाई (Online Grievance Handling System), मोबाइल एप(KUKL Mobile App), शाखा तहमा फेसबुक पेज (Branchwise facebook pages) र उपभोक्ताले आफैं मिटर रिडिङ्ग गर्न सक्ने प्रणाली (Self Meter Reading System) रहेका छन् ।
प्रकाशित: १ कार्तिक २०७८, सोमबार