शाओमीले छिट्टै नयाँ फ्ल्यागशिप स्मार्टफोन ल्याउने

  • Technology Khabar | १ कार्तिक २०७८, सोमबार
शाओमीले छिट्टै नयाँ फ्ल्यागशिप स्मार्टफोन ल्याउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड शाओमीले गत वर्ष पेटेन्ट दर्ता गरेको फ्ल्यागशिप फोनका छिट्टै सार्वजनिक हुने संकेत देखिएको छ।

यो पेटेन्ट गत वर्षको सेप्टेम्बरमै दर्ताका लागि बुझाइए पनि यसको चर्चा भने भर्खरै बाहिर आएको हो।

पेटेन्टका लागि बुझाइएको दस्तावेजमा शाओमीको यो स्मार्टफोनको कुनाहरु गोलाकार हुनेछन्।

यसबाहेक डिस्प्ले प्यानलको कुनाहरु पनि गोलाकार नै रहेका छन् भने दायाँबायाँ कर्भ्ड बेजलहरु रहेका छन्। अगाडिको क्यामरा माथिपट्टि बायाँ कुनामा राखिएको छ।

पछाडिको क्यामराको सेन्सर ठूलो दिइएको छ भने तलपट्टि पेरिस्कोप जूम रहेको छ। यसको सेन्सरका बारेमा पूर्ण विवरण थाहा नभए पनि फ्ल्यागशिप स्तरकै रहने आकलन गरिएको छ।

सन् २०२० सेप्टेम्बरमा बेइजिङ शाओमी मोबाइल सफ्टवयरले हेग इन्टरनेशनल डिजाइन सिस्टममा पेटेन्टका लागि आवेदन दिएको थियो। हेग इन्टरनेशनल डिजाइन सिस्टम वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अफिसको औद्योगिक डिजाइन डाटाबेस हो।

उक्त दस्तावेज अनुसार यो डिभाइस यसै वर्षको अक्टोबर १५ अर्थात् यसै हप्ता तयार भइसकेको छ।

प्रकाशित: १ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • १ कार्तिक २०७८, सोमबार