
काठमाडौं ।
नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ ।
कम्पनीले पोस्टपेड प्रिपेड र एफटिटिएचमा नयाँ अफरहरु ल्याएको जानकारी दिएको छ।
यस्तो छ टेलिकमको अटम अफर २०७८ भित्रका विभिन्न अफरहरु
सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर
अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले रु. २९९ मा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा Add-On Pack को रुपमा खरिद गर्न सक्नेछन् ।
प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएसको अनलिमिटेड डाटा सेवा उपलब्ध हुनेछ जसमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा रु. ३० मा १ जिबी, रु. ४० मा २ जिबी र रु. ५० मा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी ब्मम(इल एबअप कै रुपमा खरिद गर्न सक्नेछन् ।
यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक रु. ५९९ मा खरिद गर्न सक्नेछन् । यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा रु. २९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने ब्मम(इल एबअप खरिद गर्न सक्नेछन् । यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा कम्पनीले ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा उपलब्ध गराउनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा रु. ३० मा १ जिबी, रु. ४० मा २ जिबी र रु. ५० मा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी Add-On Pack कै रुपमा खरिद गर्न सकिनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर
यसमा जम्मा रु. ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध १ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित Add-On Pack खरिद गर्न सकिनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर
यसमा जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ । प्रतिदिनका लागि उपलब्ध २ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित Add-On Pack खरिद गर्न सकिनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर
यसमा जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध ४ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित Add-On Pack खरिद गर्न सकिनेछ ।
सस्तो प्रिपेड कम्बो प्याक
यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जिबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ ।
सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक
यसमा जम्मा रु. ५९९ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहनुभएमा जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने Add-On Pack खरिद गर्न सक्नेछन् ।
एफटीटीएच आइपिटिभी अफर
यसैगरी एफटीटीएच आइपिटिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध हुनेछ । यस अन्तर्गत २५ एमबिपिएस व्याण्डविथ वार्षिक जम्मा रु.१५,९८०/- मा प्राप्त हुनेछ । यही सेवा वर्षको ४० एमबिपिएस रु.१७,१००/- र ८० एमबिपिएस रु.२२,५००/- मा उपलब्ध हुनेछ । वार्षिक सेवा लिनेका लागि कम्पनीले सेट टप बक्स (एसटिबी) उपलब्ध गराउने छ ।
यही सेवा ३ महिनाको लागि २५ एमबिपिएसको रु.४,१००/- मा ४० एमबिपिएसको रु.५,५००/- मा र ८० एमबिपिएसको जम्मा रु.७,२०० मा उपलब्ध हुनेछ। मासिक रुपमा सेवा लिँदा २५ एमबिपिएस रु.१,४००/- मा, ४० एमबिपिएस रु.१,८५०/- मा र ८० एमबिपिएस जम्मा रु.२,४५०/- मा उपलब्ध हुनेछ।
एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डाटा सेवा मात्र पनि सहुलियत दरमा प्राप्त गर्न सकिनेछ । यसमा २५ एमबिपिएस डाटा रु.१,०००/- मा, ४० एमबिपिएस डाटा रु.१,५००/- मा र ८० एमबिपिएस डाटा रु.२,०००मा उपलब्ध हुनेछ । यी सेवाहरु ३ महिनाका लागि लिंदा २५ एमबिपिएस डाटा रु.२,८५०/- मा, ४० एमबिपिएस लिंदा रु.४,२००/- मा र ८० एमबिपिएसलाई रु.५,५००/- मा लिन सकिनेछ । यो सेवा वार्षिकरुपले लिंदा २५ एमबिपिएसको रु.१०,५००/- मा, ४० एमबिपिएसको रु.१५,३००/- मा र ८० एबिपिएसको रु.२०,५००/- मा उपलब्ध हुनेछ ।
वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन ३०० एमबी मोबाइल डाटा प्राप्त हुनेछ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५० मिनेट, ७५० मिनेट र ३००० मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ ।
एफटीटीएचबाट डाटा सेवा मात्र लिन चाहने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने भएको छ । यसमा डाटा सेवा मात्र एक वर्षका लागि लिंदा ५० एमबिपिएसको रु.२४,८००/- मा, ८० एमबिपिएसको रु.३२,८००/- मा र १०० एमबिपिएसको रु.४०,८००/- मा उपलब्ध हुनेछ । ३ महिनाको लागि डाटा सेवा लिंदा ५० एमबिपिएसको रु.१२,६००/- मा, ८० एमबिपिएको रु.१६,५००/- मा र १०० एमबिपिएसको रु.२०,०००/- मा उपलब्ध हुनेछ । एक महिनाको लागि ५० एमबिपिएसको रु.४,५००/- मा, ८० एमबिपिएसको रु.६,०००/- मा र १०० एमबिपिएसको रु.७,५००/- मा उपलब्ध हुनेछ ।
यसैगरी डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइपिटिभी प्याक उपलब्ध गराउने भएको छ ।
यसमा एक महिनाका लागि सेवा लिंदा ५० एमबिपिएसको रु.५,१७८/- मा, ८० एमबिपिएसको रु.६,६७८/- मा र १०० एमबिपिएसको रु.८,१७८/- मा उपलब्ध हुनेछ । ३ महिनाको सेवा लिंदा ५० एमबिपिएसको रु.१४,५२३/- मा, ८० एमबिपिएसको रु.१८,४२३/- मा र १०० एमबिपिएसको रु.२१,९२३/- मा उपलब्ध हुनेछ । एक वर्षको सेवा लिंदा ५० एमबिपिएसको रु.३१,३०९/- मा, ८० एमबिपिएसको रु.३९,३०९/- मा र १०० एमबिपिएसको रु.४७,३०९/- मा उपलब्ध हुनेछ ।
यस प्याकको खरिदमा एसटिबीको शुल्क समावेश नभएको टेलिकमले जानकारी दिएको छ।
अफर कात्तिक १ गते सोमबारदेखि ९० दिनसम्म लागु हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: ३१ आश्विन २०७८, आईतवार