
काठमाडौं ।
कार्ल पेइको कम्पनी नथिङले हालसम्म नथिङ इयर १ नामक इयरफोन मात्र सार्वजनिक गरेकोमा अब भने स्मार्टफोन निर्माणमा पनि हात हाल्ने बुझिएको छ।
कम्पनीले स्मार्टफोन बनाउने भन्दा खासै आश्चर्यको कुरा भने नहोला। किनकि कार्ल पेइले नथिङ स्थापना गर्नुअघि उनी चिनिया चर्चित स्मार्टफोन ब्रान्डका सह-संस्थापक थिए।
नथिङले हालै क्वालकमसँग गरेको रणनीतिक साझेदारीले पनि कम्पनीले स्मार्टफोन बनाउने तथ्यलाई अझै मजबुत बनाउँछ।
पेइले कम्पनी छोडेपछि वनप्लसमा के कस्ता उतार चढाव आएका छन् भन्ने प्रस्टै छ। उसको हार्डवयर र सफ्टवयर नै ओपोसँग समाहित भएर हाल कलरओएस अपरेटसङ सिस्टममा खुम्चिनु परिरहेको छ।
यो सबै देखेपछि शायद पेइलाई आफूले वनप्लसलाई यहाँसम्म ल्याउन गरेको मेहनत र अझै पनि फ्ल्यागशिप स्मार्टफोनमार्फत् आफ्नो स्टार्टअपलाई एउटा मजबुत आकार दिन सकिन्छ भन्ने उत्साह प्राप्त भएको आकलन गर्न सकिन्छ।
यदि यी खबरहरुले मूर्त रुप लिएको खण्डमा सन् २०२२ को शुरुवातसम्ममा नथिङका तर्फबाट आधिकारिक रुपमा स्मार्टफोनसम्बन्धी घोषणा अवश्य नै पाउने आशा गर्न सकिन्छ।
प्रकाशित: १ कार्तिक २०७८, सोमबार