सौर्य प्रणालीको प्रारम्भिक विकास बारे अध्ययन गर्न नासाको अन्तरिक्ष यानको उडान

  • Technology Khabar | ३१ आश्विन २०७८, आईतवार
सौर्य प्रणालीको प्रारम्भिक विकास बारे अध्ययन गर्न नासाको अन्तरिक्ष यानको उडान

काठमाडौं ।

एक अन्तरिक्ष यान सौर्यमण्डलको “जीवाश्म” लाई उजागर गर्ने मिशनमा अमेरिकाको केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको छ।

लुसी नामक यान संभवत बृहस्पतिको कक्षसम्म पुग्नेछ र त्यहाँ बाहिर भएको क्षुद्रग्रहको दुई समूहहरुको अगाडि र पछाडिबाट अध्ययन गर्नेछ जसको लागि ग्याँस जायन्टको भीडहरुमा दौडने छ।

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) का वैज्ञानिकहरुकाअनुसार ती ट्रोजन ग्रहहरुको गठनबाट बचेका वस्तुहरु हुन्।

त्यस्तै गरी, यी ट्रोजन, जसरी उनीहरु जानिन्छन्, तिनिहरुले सौर्य प्रणालीको प्रारम्भिक विकासको बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो नासाको बृहस्पतिको ट्रोजन अर्थात क्षुद्रग्रहको अध्ययन  गर्न पठाईएको पहिलो मिसन हो ।

नासाले सुरुमा ९८ करोड १० लाख डलर लागत आगामी १२ बर्ष भन्दा बढी समयसम्म मिशनको लागी प्रतिबद्धता जाहेर गरेको छ। यस समयमा, लुसीले सात ट्रोजनहरुको भ्रमण गर्नेछ। त्यस अतिरिक्त एउटा मुख्य एस्ट्रोइडको समेत अध्ययन गर्नेछ।

यो अभियानले हाम्रो सौर्य प्रणालीको उत्पत्तिको बारेमा नयाँ जानकारी दिने अपेक्षा गरिएको छ ।

२०२२ मा अन्तरिक्ष यानको पहिलो पृथ्वी गुरुत्वाकर्षण सहायताले मंगल ग्रहको कक्षभन्दा बाहिर लुसीको गतिलाई छिटो र प्रत्यक्ष बनाउनेछ।

सो अन्तरिक्ष यान २०२४ मा अर्को गुरुत्वाकर्षण सहायताको लागी पृथ्वी तिर फर्कने छ, जसले २०२५ मा सौर्यमण्डलको मुख्य क्षुद्रग्रह बेल्ट भित्र स्थित डोनाल्ड जोहानसन क्षुद्रग्रहको अध्ययन गर्न जानेछ।

लुसी २०२७ मा आएपछि बृहस्पतिको अगाडि झुण्डमा आफ्नो पहिलो ट्रोजन क्षुद्रग्रहलाई हेर्नका लागि यात्रामा हुनेछ। आफ्नो पहिलो चार लक्षित उडानहरु पूरा गरेपछि, अन्तरिक्ष यान २०३१ मा तेस्रो गुरुत्वाकर्षण शक्तिको लागी पृथ्वीमा फिर्ता हुनेछ, जो २०३३मा ट्रोजनको पछिल्ला झुण्डमा पुग्न सक्छ।

अफ्रिकामा भेटिएको एक प्रसिद्ध मानव जीवाश्म छ जसको उपनाम लुसी राखिएको थियो, जसले हाम्रो प्रजाति कहाँबाट आए भनेर हामीलाई धेरै सिकायो। र यो नयाँ नासा मिशनले सोही मानव जीवाश्मबाट प्रत्यक्ष प्रेरणा लिएको छ र नामाकरण गरेको हो ।

जीवाश्महरुको अध्ययन बाहेक यो अन्तरिक्ष यानले पृथ्वीबाट सयौं लाख किमीको दूरीमा बृहस्पतिसंग समानान्तर रुपमा सूर्यको परिक्रमा गर्दछ।

प्रकाशित: ३१ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार