एक्सबक्स एक्स सिरिज मिनी रेफ्रिजिरेटर अक्टोबर १९ देखि प्रि-अर्डर गर्न सकिने

  • Technology Khabar | १ कार्तिक २०७८, सोमबार
एक्सबक्स एक्स सिरिज मिनी रेफ्रिजिरेटर अक्टोबर १९ देखि प्रि-अर्डर गर्न सकिने

काठमाडौं ।

माइक्रोसफ्टले एक्सबक्स सिरिज एक्स मोडलका मिनी फ्रिजहरु वाचा गरेकै समयमा डेलिभर गर्ने भएको छ।

कम्पनीका अनुसार १०० डलर मूल्य पर्ने ती मिनी फ्रिजहरुको प्रि-अर्डर दुई दिनपछि अर्थात् अक्टोबर १९ बाट शुरु हुने र डेलिभरी भने डिसेम्बरबाट शुरु हुनेछ।

गत वर्ष माइक्रोसफ्टले आफ्नो एक्सबक्स सिरिजको कन्सोल प्रबर्द्धनका लागि ६ फुट अग्लो फ्रिज बनाएको थियो। अब भने त्यसैको मिनी भर्सन प्रि-अर्डरका लागि उपलब्ध हुन लागेको हो।

माइक्रोसफ्टले यो फ्रिज बनाउनका लागि यूकोनिक नामक निर्मातासँग सहकार्य गरेको छ। यस फ्रिजको डिजाइन र प्रयोग भएका एलईडीले एक्सबक्स सिरिज एक्सको थिमसँग मिल्ने खालको छ।

यसमा पेय पदार्थको १२ ओटा क्यान अटाउँछ। यसको ढोका र शेल्फमा स्न्याक्सहरु राख्न सकिन्छ। यसमा डीसी पावर एडप्टर तथा यूएसबी पोर्ट रहेको छ।

यो अमेरिका र क्यानडामा टार्गेटमार्फत् उपलब्ध हुनेछ। बेलायतमा चने ९० पाउन्डमा गेममार्फत् किन्न सकिनेछ।

यी देश बाहेक फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, इटली. आयरल्यान्ड, स्पेन तथा पोल्यान्डमा पनि यो डिभाइस उपलब्ध हुने बताइएको छ।

प्रकाशित: १ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार