
काठमाडौं ।
स्क्वाड गेम नेटफ्लिक्समा लन्च भएको मध्ये सबैभन्दा ठूलो श्रृंखला भएको छ।
दक्षिण कोरियाली अनलाइन ड्रामालाई पहिलो २८ दिनमा ११ करोड १० लाख प्रयोगकर्ताहरुले हेरेका थिए, जसले ब्रिजर्टनको ८ करोड २० लाख भ्यूजलाई शीर्ष स्थानबाट पछाडि पारेको बीबीसीले उल्लेख गरेको छ।
नेटफ्लिक्सले एक एपिसोडको दुई मिनेट हेरेका जो कोहीलाई यसको भ्यूअर्समा गणना गरेको थियो।
कोरिया, दक्षिण पूर्व एशिया, अष्ट्रेलिया र न्यूजील्याण्डमा सामग्रीका लागि नेटफ्लिक्सका उपाध्यक्षकाअनुसार कार्यक्रमको सफलता कम्पनीको सपना भन्दा पर भएको बताए ।
सेप्टेम्बरमा शुरू भएको नौ भागको श्रृंखलामा, बच्चाहरुको खेल मैदानमा खेलको एक श्रृंखलामा भाग लिने ‘मिसफिट’ अर्थात अनुपयुक्तहरुको एक समूहको कथा बताउँछ।
त्यहाँ पहिलो हुनेका लागि ४५.६ अर्ब कोरियाली वन पुरस्कार राखिएको छ, जो धेरै नराम्रो होईन् जबसम्म तपाइँ महसुस गर्नुहुन्न कि तपाइँले हारेमा तपाइँ मर्नु हुन्छ।
फोर्ब्सका अनुसार शोका कलाकारहरुले अन्तराष्ट्रिय ख्याति प्राप्त गरेका छन्-से-बियोकको भूमिका निभाउने जुङ्ग हो युनले १७ सेप्टेम्बरमा सो सिरिज सुरु भएयता १४ लाख इन्स्टाग्राम फलोअर्स थप पाएका छन्।
कोरियाको सो अनलाइन ड्रामा सिरिज ऋणीहरुको कथामा आधारित छ।
प्रकाशित: ३१ आश्विन २०७८, आईतवार