ह्वाट्सएपमा च्याट ब्याकअपका लागि इन्ड-टू-इन्ड इन्क्रिप्शन उपलब्ध, अब तेस्रो पक्षको एप नचाहिने

  • Technology Khabar | ३१ आश्विन २०७८, आईतवार
ह्वाट्सएपमा च्याट ब्याकअपका लागि इन्ड-टू-इन्ड इन्क्रिप्शन उपलब्ध, अब तेस्रो पक्षको एप नचाहिने

काठमाडौं ।

फेसबुक अन्तर्गतको मेसेजिङ एप ह्वाट्सएपले च्याट ब्याकअपका लागि पनि इन्ड-टू-इन्ड इएन्क्रिप्शन जारी गरेको छ।

हालसम्म ह्वाट्सएपको च्याटमा मात्र यो सुविधा उपलब्ध रहेकामा अब भने च्याट ब्याकअपका लागि पनि उपलब्ध गराइएको हो।

इन्ड-टू-इन्ड इन्क्रिप्शन यस्तो फिचर हो जसका कारण कुनै पनि व्यक्तिले अन्य यूजरको च्याटमा पहुँच राख्न सक्दैन।

यसको मतलब च्याट गर्ने दुई व्यक्तिबाहेक ह्वाट्सएपसहित अन्य कसैले पनि च्याटमा भएका कुराकानी र शेयर गरिएका सामग्री हेर्न सक्दैनन्।

कहिलेकाहीँ ह्वाट्सएप च्याट लीक भएको खबर आउने गर्छ। तर यस्तो लीक च्याटका कारण नभइ ब्याकअपका कारण हुने गरेको पाइएको छ। ब्याकअपमा इन्ड-टू-इन्ड इन्क्रिप्शन नभएका कारण यस्तो भएको हो।

यसको मतलब च्याट गर्ने दुई व्यक्तिबाहेक ह्वाट्सएपसहित अन्य कसैले पनि च्याटमा भएका कुराकानी र शेयर गरिएका सामग्री हेर्न सक्दैनन्।

यसरी इनेबल गर्नुस् इन्ड-टू-इन्ड इन्क्रिप्शन

आफ्नो मोबाइलमा ह्वाट्सएप ओपन गरेर सेटिङ्समा जानुहोस्। त्यहाँ रहेको च्याट्समा क्लिक गरेर च्याट ब्याकअप अप्शनमा जानुहोस्।

च्याट ब्याकअप अप्शनमा इन्ड-टू-इन्ड इएन्क्रिप्टेड ब्याकअपको अप्शन दिइएको हुन्छ। त्यसमा ट्याप गरेर नेक्स्ट गर्नुहोस्। यसपछि एउटा इन्क्रिप्शन की अथात् पासवर्ड बनाउनु पर्ने हुन्छ।

यो पासवर्ड बनाइसकेपछि डनमा ट्याप गर्नुहोस्। यसपछि ह्वाट्सएप इन्ड-टू-इन्ड इन्क्रिप्टेड ब्याकअप इनेबल हुन्छ।

यसमार्फत् एन्ड्रोइड तथा आईओइएसका यूजरले गुगल ड्राइभ वा आईक्लाउडमा आफ्ना च्याटलाई इन्क्रिप्टेड ब्याकअपका रुपमा सेभ गर्न सक्छन्।

प्रकाशित: ३१ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार