
काठमाडौं ।
एप्पलले सिजनको दोस्रो भर्चुअल कार्यक्रम घोषणा गरेको छ। यो इभेन्ट अक्टोबर १८ अर्थात भोली सोमबार हुनेछ। कार्यक्रम नेपाली समयअनुसार राती १०ः४५ बजे शुरू हुनेछ। कम्पनीले लाइट बीमको बीच बनेको एप्पल लोगोका साथ एक टीजर जारी गरेको छ, जुन तपाइँलाई एक हलिउडको विज्ञान फिल्मको याद दिलाउन सक्छ।
यो टिजर हेरेर यस्तो लाग्छ कि कोहि अन्तरिक्षमा छिटो यात्रा गरिरहेका छन्। कम्पनीले यस मार्फत आफ्नो नयाँ चिपसेटको बारेमा संकेत गरेको अनुमान गरिएको छ।
एप्पलले यस कार्यक्रम मा आफ्नो एम१ एक्स प्रोसेसर प्रस्तुत गर्न सक्नेछ, जो म्याकबुक प्रो र म्याक मिनी मोडेलका साथ आउनेछ।
भर्चुअल अनलिज्ड इभेन्ट एप्पल पार्कबाट प्रसारण गरिनेछ। यदि रिपोर्ट र लीकलाई आधार मान्ने हो भने कम्पनीले यस कार्यक्रममा १४ इन्च र १६ इन्च म्याकबुक प्रो मोडेल, जो एम१एक्स (M1X) चिपसेटका साथ लन्च गर्न सक्छ। यसमा तपाइँ राम्रो कनेक्टिभिटी, म्यागसेफ चार्जिंग पाउनुहुनेछ र त्यहाँ कुनै टच बार हुनेछैन्।
योसंगै, एप्पलले एक नयाँ डिजाइनयुक्त म्याक मिनी शुरू गर्न सक्नेछ। यो अपेक्षित छ कि एप्पल एकै कार्यक्रममा तेस्रो जेनरेशनको एयरपोड्स लन्च गर्न सक्छ, जुन वर्तमान एयरपोड्स प्रो जस्तै डिजाइनमा हुनेछ तर कम लागत हुनेछ। यसअघि आईफोन १३ लन्चमा पनि एयरपोड्स ३ लन्च हुने अनुमान गरिएको थियो ।
यो संगै, एप्पलले म्याकओएस मोन्टेरी जारी गर्न सक्नेछ। कम्पनीले डब्लुडब्लुडिसी यसको घोषणा गरेको थियो। कम्पनीले नयाँ म्याक ओएसको नाम मोन्टेरी राखेको छ। यसमा तपाइँले सुधारिएको सफारी ब्राउजर, सेकेण्डरी स्क्रिन जस्ता धेरै सुविधाहरु प्राप्त गर्न सक्नुहुन्छ।यो एप्पलको यस बर्षको अन्तिम घटना हुन सक्छ, त्यसैले कम्पनीले यसमा नयाँ ओएस जारी गर्न सक्छ।
प्रकाशित: ३१ आश्विन २०७८, आईतवार